Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०
काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम विशेषले कुबेत पुगेर लकडाउनका कारण रोकिएका १ सय ५० नेपालीलाई पहिलो चरणमा उद्दार गरेर नेपाल ल्याइएको छ । कुवेत सरकार र कुवेतस्थित नेपाली दुतावासको पहलमा कुवेतमा रहेका उनीहरुलाई हिजो कुवेतबाट नेपाल पठाईको थियो । उनीहरु आज बिहान काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई विमानस्थलबाट सरकारे साझा बसमा राखेर काठमाडौंका विभिन्न भागमा रहेका होल्डिङ्ग सेन्टरमा राखेको छ ।

एक रात त्यहाँ राखेर उनीहरुको शरीरको तापक्रमलगायतका अन्य आधारभूत स्वास्थ्य जाँच गरेपछि भोलिदेखि प्रदेश अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा पठाइने सरकारी स्रोतको भनाई छ । सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा देशका सातवटै प्रदेशका नागरिकलाई राख्नका लागि भनेर क्वारेन्टाइन निर्माण गरेको छ । विशेषगरी विदेशबाट उद्दार गरेर ल्याइने नेपालीहरुलाई यस्तो सेन्टरमा राख्ने र त्यसको निगरानी नेपाली सेनाले गर्नेछ । सरकारले काठमाडौंका ४ दर्जन बढी होटलहरुलाई पनि क्वारेन्टाइन बनाएर त्यसमा बस्न चाहना हुनेहरुले आफ्नै खर्चमा बस्नसक्ने गरी प्रवन्ध मिलाएको छ ।
आज उद्दार गरिएकाहरुलाई जजिरा एयरवेज एयरवेजको विमानमा राखेर काठमाडौं ल्याइएको थियो । यस्तै आजै साँझसम्म थप १ सय ५० नेपालीलाई अर्को उडानबाट काठमाडौं ल्याईँदै छ । रोजगारीका लागि कुवेत पुगेर काम गुमाएका, भिषा सकिएका, महिला, बालबालिका भएकाहरुलगायतलाई पहिलो प्राथमिकतामा राखेर उद्दार गरिएको हो । यस्तै दीर्घरोगी, विरामी परेर तुरुन्त अस्पताल जानुपर्ने, घरमा आफन्त गुमाएकालगायतलाई अर्को चरणको उडानबाट काठमाडौं ल्याईँदै छ । कुवेतमा हालसम्म करिब ५ हजार नेपाली घर फर्केन सूचीमा रहेको कुवेतस्थित नेपाली दुतावास स्रोतको भनाई छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि निम्न अनुसारको विमान उडान तालिका नै सार्वजनिक गरिसकेको छ ।
उडान तालिका निम्न अनुसार हुने सरकारले जनाएको छ ।
यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...
कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !
२०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...
Top