नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)

Best Khabar Team | २०८२ श्रावण ३ गते शनिबार


बाबुराम तिमल्सिना
भाषा तथा संस्कृतिविद


जव मानिस विस्तार विस्तार बूढो हुँदै जान्छ तब उसलाई क्रमशः आफ्ना इच्छा वा चाहना अनुसारका काम गर्न दिइन्छ । बूढो हुनुको अर्थ हुन्छ उसलाई ३ प्रकारको वर्ष लागेको अवसरमा विविध संस्कार गरिन्छ । जसमा मानव समाज आफन्त वा परिचितले सम्मान र सद्भाव प्रकट गर्ने काम हो । यसबाट उसलाई अझ दीर्घजीवी एवं निरोगी भएर बाँच्ने हौसला वा आत्मवल प्राप्त होस्, यसरी समाजले सम्मान र सद्भाव राख्दा नेपाली प्राचीन सनातन संस्कृतिको उक्तिमा विद्यमान आधार अगाडि राख्नुपर्ने हुन्छ ।
‘जेष्ठो श्रेष्ठ इतिस्मृतः” समाजमा रहने जेठालाई श्रेष्ठ मानेर आदार गर । किनभने मानवले भोग्ने यावत् विषय जेठालाई बढी अनुभव वा ज्ञान हुन्छ । यसर्थ समाजमा रहेका जेठालाई सर्वमान्य वा देवतुल्य मानेर पूजाआजा गरी सद्भाव दर्शाउने परम्परा रहि आएको कुरा वर्तमानमा विश्वव्यापी भएको छ । तदनुरुप नेपालका विभिन्न जातिमा विद्यमान मौलिक र पृथक संस्कार वा संस्कृति मध्ये नेवारी समाजको जङ्कु परम्परा एक हो । यो समाजको जङ्कु उत्सव सबैभन्दा पुरानो मानिएको छ । पतिपत्नी दुईका बीचमा एउटाको जङ्कु गर्ने वर्ष पुगे दुबैलाई साथै राखेर उत्सव मनाउने प्रचलन छ ।

‘‘जेष्ठो श्रेष्ठ इतिस्मृतः” समाजमा रहने जेठालाई श्रेष्ठ मानेर आदार गर । किनभने मानवले भोग्ने यावत् विषय जेठालाई बढी अनुभव वा ज्ञान हुन्छ । यसर्थ समाजमा रहेका जेठालाई सर्वमान्य वा देवतुल्य मानेर पूजाआजा गरी सद्भाव दर्शाउने परम्परा रहि आएको कुरा वर्तमानमा विश्वव्यापी भएको छ । तदनुरुप नेपालका विभिन्न जातिमा विद्यमान मौलिक र पृथक संस्कार वा संस्कृति मध्ये नेवारी समाजको जङ्कु परम्परा एक हो । यो समाजको जङ्कु उत्सव सबैभन्दा पुरानो मानिएको छ । पतिपत्नी दुईका बीचमा एउटाको जङ्कु गर्ने वर्ष पुगे दुबैलाई साथै राखेर उत्सव मनाउने प्रचलन छ । यदि दुईमध्ये (पतिपत्नी) एउटाको मात्र जङ्कू गर्नुपर्दा तोकिएको बर्ष, महिना, दिन पूरा हुनुपर्दछ । जङ्कू जम्मा चारपटक गर्ने चलन छ भने अन्तिम जङ्कूसम्म जीवितै रहे बा आमाहरु ससवर्ष हुनसक्नुहुन्छ । त्यसरी मनाइने उत्सवलाई निम्नानुसार वर्गीकरण गरिएको छ ।

१. प्रथम भीमरथारोहण– मानिसको उमेर ७७ वर्ष ७ महिना ७ दिन ७ पाइलाको समय पुग्ने हिसाव गरेर प्रथम भीमरथारोहण उत्सव मनाइन्छ । यो समयमा मानिसको साँडेसात दशा आठपटक पुग्दछ । यसमा शास्त्रीय विधि बिधान अनुसार संकल्प र पूजोपासना गरी खट सजाएर मुख्य व्यक्तिलाई राखी छोरा, नाति, पनातिहरुले खट बोकेर नगर परिक्रमा गराउँदछन् ।
यसरी बोकिएको खटलाई सातघोडे बग्गीको स्वरुप मानिन्छ भने सूर्यनारायण परिक्रमा गर्न लागिएको वा पठाईएको भन्ने मानिन्छ। भीम भन्नाले अनौठो वा डरलाग्दो भन्ने अर्थ हुन्छ । यसर्थ अनौठो रथयात्रा भन्ने पनि हुन्छ ।

२.दोस्रो भीम रथारोहण– प्रथम भीम रथारोहण भएको करिब ६ वर्षपछि दोश्रो रथारोहण हुन्छ । यसरी रथारोहण गरिने व्यक्तिले एकहजार चन्द्रमा देखेको समय हुन्छ । एक हजार चन्द्रमा देख्दा निजको उमेर ८४ वर्ष पुग्दछ । प्रथम जङ्कू सूर्य परिक्रमा स्वरुप मानिएकाले सूर्यले देख्ने दिनमा र दोश्रो हजार चन्द्र दर्शनको विधिले रातमा गर्नुपर्दछ । यसको अर्थ हुन्छ जङ्कु गरिने व्यक्तिलाई रथमा नगर परिक्रमा गराउँदा चन्द्रलोक भ्रमण गराइएको प्रतीक मानिन्छि ।

३. तेस्रो भीम रथारोहण– यस उत्सवमा उक्त व्यक्तिको उमेर अठासी वर्ष ८ महिना र ८ दिन ८ पाईलाको समय निर्धारण गर्नुपर्ने हुन्छ । यसपटकको जङ्कूमा रथलाई उचालेर नबोकी घिसारेर लगिन्छ वा परिक्रमा गराउनुपर्ने हुन्छ । शहर परिक्रमा सकेपछि लसकुश (स्वागत) गरी घर भित्र्याउने समयमा तीनतला माथिबाट तानेर झ्यालबाट घरभित्र प्रवेश गराउनुपर्दछ । यसको अर्थ यो व्यक्तिले स्वर्ग, मत्र्य, पाताल तीनलोक यात्रा र देवत्व प्राप्त गरी आएको भन्ने हुन्छ । यसरी ३ पटक जङ्कु गर्दा पहिलोमा १ दोस्रोमा १ र तेस्रोमा १ गर्दा उनीहरुको कानमा ३ मुन्द्रा लगाईको हुन्छ । यसर्थ जङ्कूका अवसरमा कतिपटकको जङ्कू हो भन्ने मुन्द्राले नै संकेत गर्दछ ।

४. चौथो जङ्कु –यसपटकको उत्सवलाई मानिसको पुनर्जन्मको रुपमा मनाइन्छ । यसमा ९८ वर्ष ८ महिना ८ दिन र ८ पाईलाको समय निर्धारण गरिन्छ । माटाको घ्याम्पाभित्र राखी माथिबाट सेतो बस्त्रले छोपेर घरपरिवारमा होम, यज्ञ, जप, पाठ गरिन्छ । ज्योतिष शास्त्रअनुसार पूजोपासना सकिएपछि घ्याम्पाभित्र बस्नेले गुरुपुरोहितले निश्चित गरेको समयमा सके आफैंले घ्याम्पो फुटाएर बाहिर निस्कने नसके आफन्तले फुटाउन सहयोग गरेर बाहिर निकालिन्छ । त्यसपछि उहाँहरुलाई नवजात शिशुको रुपमा लिई बालकका जन्म समयमा गरिने विधि स्नान, तेलघसी, नयाँ वस्त्र पहिराउने आदि काम हुन्छ । यसपटक पनि कानमा अर्को मुन्द्रा थपी रथ चढाई नगर परिक्रमा गराएर चौथोपटकको जङ्कु समापन गरिने रीति नेवारी समाजमा परापूर्व समयदेखि निरन्तर चलिआएको पाउन सकिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

New Height of Mount Everest 8848.68 metres New Height of Mount Everest 8848.68 metres

२०७७ मंशिर २३ गते मंगलबार

08, December, 2020 THE HIGHEST POINT on Earth has a...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

Top