Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२०
बग्दाद । इराकले देशमा तैनाथ सबै विदेशी सैनिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ । हिजो बसेको इराकको संसदले अमेरिकीलगायत इराकमा तैनाथ सबै विदेशी नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको हो । पछिल्ला दिनहरुमा अमेरिकी सैनिकहरुको आक्रममा परी इरानी सैन्य कमान्डरको बग्दादमा मृत्यु भएपछि इराकको संसदले यो निर्देशन दिएको हो ।
आफ्नो देशको आन्तरिक समस्या समाधान गर्न आफूहरु स्वयं सक्षम रहेको भन्दै इराकले भोलिका दिनमा कुनैपनि विदेशी सैनिक या सहयोग नलिने गरी निर्णय गराउन सरकारलाई निर्देशन समेत दिएको छ । संसदले तत्काल अमेरिकी सययोग बन्द गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । यो निर्देशन सँगै करिब ५ हजारको संख्यामा रहेका अमेरिकी सैनिकले अब इराक छाड्नुपर्ने देखिएको छ ।
संसदले तत्काल बायुसेना, जलसेना तथा स्थल सेनाको रुपमा विदेशी सैनिक प्रयोग गर्न नपाउने गरी प्रस्ताव पारित गरेको हो । केहीसाता यता अमेरिका र इराकबीचको तनावको कारण बग्दाद तनावग्रस्त बनेको छ । शुक्रबारमात्रै अमेरिकी सुरक्षाफौजले गरेको रकेट आक्रमणका क्रममा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो
२०७६ फाल्गुन २९ गते बिहिबार
१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...
निलकण्ठ शोकमा, आज सार्वजनिक विदा
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...
अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार
२०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...
‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !
२०७७ जेठ १७ गते शनिबार
युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...
Top