Best Khabar Team | २०८२ पुष १७ गते बिहिबार
०१ जनवरी, २०२६
प्रतीक लामिछाने/ सेञ्जेन, लक्जम्बर्ग । नयाँवर्ष मनाउने क्रममा स्विट्जरल्याण्डको एउटा स्की रिसोर्टको बारमा भएको आगलागीमा परी हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म घटनामा परी ४० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो घटनामा अहिलेसम्म ११५ जना घाइते भएको बताइको छ । स्विट्जरल्याण्डको दक्षिण पश्चिममा अवस्थित स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाउने क्रममा गएराति भीषण आगोलागी भएको थियो । आगो एक्कासी फैलिएपछि त्यहाँ जम्मा भएका मानिहरुबीच भाडदौड मच्चिएको थियो भने कतिपयको भिडमा किच्चिएर ज्यान गएको हुनसक्ने सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् ।

घटनालगत्तै सुरक्षाकर्मी, रेडक्रस तथा अन्य सामाजिक सुरक्षामा खटिएका स्वयंसेवकहरुको टोलीले घटनास्थलबाट घाइतेको उद्दार गरेका थिए । स्थानीय समय अनुसार बिहान करिब साढे १ बजे आगलागी शुरु भएको थियो । बिबिसीका अनुसार ज्यान गुमाउनेहरुमा नयाँवर्ष मनाउन सो रिसोर्ट तथा बारमा भेला भएका स्थानीय तथा पर्यटकहरु रहेको बताइको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको स्थानीय समाचारमाध्यमले जनाएका छन् । घाइतेहरुको स्विट्जरल्याण्ड र इटालीका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार शैम्पेनको बोतलमाथि राखिएको मैनबत्तीबाट एक्कासी छतमा आगो सल्किएको थियो । घटनाको बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । नयाँ वर्ष मनाउने क्रममा भएको यो दुःखद घटनामा परी विश्वका विभिन्न देशका पर्यटकहरुको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । मृतक तथा घाइतेहरुको हालसम्म सनाखत हुन सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...
Top