न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार


२५ मार्च, २०२०
विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै गएपछि यहाँको सरकारले सिँगो देशभर आपतकालको घोषणा गरेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थनीय समय अनुसार आजराति १२ बजेबाट लागूहुने गरी आगामी एक महिनाको लागि सिँगो देश लकडाउन गर्ने घोषणा यहाँको सरकारले गरेको हो ।

आपतकालको अवस्थामा देशमा आवश्यकता अनुसार सेना तथा प्रहरी परिचालन गरिने सरकारी घोषणामा उल्लेख छ । न्यूजिल्याण्डमा यो समाचार तयार पार्दासम्म २ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन भने उपचारपछि २२ जना घर फर्किएका छन् । गएको फेब्रुअरी महिनामा यहाँ पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए ।

न्युजिल्याण्डमा आपातकालीन अवस्थाको घटना यो दोस्रो हो । यसअघि सन् क्राइस्ट चर्चमा भूकम्पका बेला यहाँ आपत्कालको घोषणा गरिएको थियो । आपतकालको घोषणा सँगै सरकारले आजबाट सुपरमार्केट, मेडिकल सेन्टर, औषधी पसललगायत अत्याश्यकीय सेवा प्रवाह गर्नेबाहेक अन्य स्थल बन्द गर्न निर्देशन दिएको छ भने अत्यावश्यक काम बाहेक आम नागरिकलाई घरबाहिर निस्कन पनि निधेष गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

पोखरामा  कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट) पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

२०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक...

गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित) गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

Top