Best Khabar Team | २०७७ पुष ५ गते आइतबार
२० डिसेम्बर, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा दुई चरणमा सम्पन्न गर्ने गरी गरी मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेको सिफारिसलाई सदरगर्दै राष्ट्रपति भण्डारीले आगामी २०७८ साल बैशाखमा दुई चरणमा हुने गरी चुनावको मिति घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहान आपत्कालीन रुपमा मन्त्रीपरिषद्को बैठक बोलाएर संसद भंगगर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्रीपरिषद् बैठकले आज संसद भंग गर्ने निर्णय गरेसँगै मन्त्रीपरिषद्ले सो प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेको थियो । राष्ट्रपति भण्डारीले नेपालको ‘संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता बमोजिम’ भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिको सिफारिसमा आगामी बैशाख १७ र २७ गर्ने दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि मन्त्रीपरिषद्को यो निर्णयमा असहमति जनाउँदै सरकारका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
Top