२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग

Best Khabar Team | २०७७ पुष ५ गते आइतबार


२० डिसेम्बर, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा दुई चरणमा सम्पन्न गर्ने गरी गरी मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेको सिफारिसलाई सदरगर्दै राष्ट्रपति भण्डारीले आगामी २०७८ साल बैशाखमा दुई चरणमा हुने गरी चुनावको मिति घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहान आपत्कालीन रुपमा मन्त्रीपरिषद्को बैठक बोलाएर संसद भंगगर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्रीपरिषद् बैठकले आज संसद भंग गर्ने निर्णय गरेसँगै मन्त्रीपरिषद्ले सो प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेको थियो । राष्ट्रपति भण्डारीले नेपालको ‘संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता बमोजिम’ भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिको सिफारिसमा आगामी बैशाख १७ र २७ गर्ने दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि मन्त्रीपरिषद्को यो निर्णयमा असहमति जनाउँदै सरकारका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै ‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...

जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात

२०७७ असार २७ गते शनिबार

११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

Top