Best Khabar Team | २०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१
मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना भाईरस प्रकोपमा राज्यको भूमिका प्रभावकारी नभएको जनगुनासो बढिरहेका बेला इटालीका प्रधानमन्त्रीले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । उनले आज यहाँका राष्ट्रपति सर्जियो मातारेलासमक्ष राजीनामा बुझाएका हुन् । इटलीले अहिले कोरोना भाइरसको दोश्रो लहरको सामना गरिरहेको छ ।

तर प्रधानमन्त्री जुसेप कोन्टे नेतृत्वको सरकारले आम नागरिकको जनजीवन सहज बनाउने तथा स्वास्थ्य उपचारलगायतका विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै इटलीमा व्यापक गुनासो बढ्दै गएको बेला उनले एक्कासी राजीनामा बुझाएका हुन् । उनले आफ्ना निकटस्थहरुसँग कोरोनाको महामारी नियन्त्रणका लागि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिएको बताएका छन् ।
‘अहिलेको अवस्थामा जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेका कारण सरकारमा रहिरहनु उपयुक्त हुने नदेखेरै मैले राजीनामा बुझाएको हुँ’ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री कोन्टे नेतृत्वको सरकारले कोरोना भाइरसको प्रकोपयता जनअपेक्षा अनुसारको काम गर्न नसकेको जनगुनासा्े यहाँका नागरिकको छ । कोरोनाका विरामीलाई उपचारगर्नेदेखि अप्ठेरोमा परेका जनताको हक हितका लागि राज्यको भूमिका प्रभावहिन भएको आरोप जनताले सरकारमाथि लगाउँदै आएका छन् ।
यस्तै, युरोपेली युनियन (इयु) ले आफ्ना सदस्य राष्ट्रको रुपमा इटलीलाई दिएको सहयोग रकमलाई संस्थागतरुपमा दुरुपयोग गरेको गम्भीर आरोप सरकारले सामना गर्दै आएको छ । स्मरणीय के छ भने यही अभियोगमा वर्तमान मन्त्रीमण्डलमा सहभागी २ जना मन्त्रीहरुले केहीसमय अघि राजीनामा दिइसकेका छन् ।
वर्तमान सरकारको कार्यकाल सन् २०२३ को मार्चसम्म रहेको थियो । ५ वर्षे कार्यकालको लागि २०१८ मा गोन्टे नेतृत्वको सरकारले इटलीको सासनसत्ता सम्हालेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...
भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
२०८२ असार १ गते आइतबार
१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...
पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...
Top