भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

Best Khabar Team | २०८२ असार १ गते आइतबार


१५ जुन, २०२५
नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड नजिक आज बिहान धार्मिक यात्रु बोकेको यात्रुबाहक हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार केदारनाथ धामको दर्शन गरी गुप्तकाशीका लागि जाँदै गरेका हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

हेलिकप्टरमा पाइलट र बालबालिकासहित ७ जना यात्रु रहेको बताइएको छ । उनीहरु सबैको दुर्घटनामा परी ज्यान गएको छ । आर्यन एभिएसन गुप्तकाशीद्वारा सञ्चालित हेलिकप्टर गौरीकुण्ड जाने क्रममा केदारनाथबाट केही मिनेटको उडान भरेपछि एक्कासी दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै स्थानीय प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ । विगत डेढ महिना यता भारतमा भएको यो पाँचौ हेलिकप्टर दुर्घटना हो ।

यसअघि गएको मे १ मा उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । यस्तै, गएको मे १२ मा बद्रीनाथ हेलिप्याडमा हेलिकप्टरको ब्लेडले एउटा गाडीलाई ठक्कर दिँदा हेलिकोप्टर क्षतिग्रस्त भएपनि मानवीय क्षति भने हुन पाएन । यस्तै मे १७ मा पनि तीन जना मेडिकल टिमलाई बोकेको हेलिकोप्टर भारत केदारनाथमा दुर्घटनामा परेको थियो । जसमा रहेका पाइलट, चिकित्सक तथा मेडिकल टिमका अर्का एकजना व्यक्ति सकुशल रहेका थिए ।

केहीदिन अघिमात्रै केदारनाथको हेलिप्याडबाट उडान भर्ने क्रममा एउटा हेलिकोप्टर स्थानीय सडकमा आकस्मिक अवतरण गरिएको र त्यसले पार्किङ्ग राखेको गाडीलाई क्षति पु-याएको भिडियोहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका थिए । यसैबीच केहीदिन अघि भारतीय ध्वजाबाहक विमान लण्डका लागि उडान भर्ने क्रममा दुर्घटना हुँदा चालक दलका १२ सहित २ सय ४१ जनाले ज्यान गुमाएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा एकैदिन २३९ जनामा संक्रमण :  २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट) नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...

अस्ताए गन्धर्व संस्कृतिका ‘बादशाह’ धनबहादुर अस्ताए गन्धर्व संस्कृतिका ‘बादशाह’ धनबहादुर

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका...

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...

Top