Best Khabar Team | २०८२ असार १ गते आइतबार
१५ जुन, २०२५
नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड नजिक आज बिहान धार्मिक यात्रु बोकेको यात्रुबाहक हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार केदारनाथ धामको दर्शन गरी गुप्तकाशीका लागि जाँदै गरेका हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

हेलिकप्टरमा पाइलट र बालबालिकासहित ७ जना यात्रु रहेको बताइएको छ । उनीहरु सबैको दुर्घटनामा परी ज्यान गएको छ । आर्यन एभिएसन गुप्तकाशीद्वारा सञ्चालित हेलिकप्टर गौरीकुण्ड जाने क्रममा केदारनाथबाट केही मिनेटको उडान भरेपछि एक्कासी दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै स्थानीय प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ । विगत डेढ महिना यता भारतमा भएको यो पाँचौ हेलिकप्टर दुर्घटना हो ।
यसअघि गएको मे १ मा उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । यस्तै, गएको मे १२ मा बद्रीनाथ हेलिप्याडमा हेलिकप्टरको ब्लेडले एउटा गाडीलाई ठक्कर दिँदा हेलिकोप्टर क्षतिग्रस्त भएपनि मानवीय क्षति भने हुन पाएन । यस्तै मे १७ मा पनि तीन जना मेडिकल टिमलाई बोकेको हेलिकोप्टर भारत केदारनाथमा दुर्घटनामा परेको थियो । जसमा रहेका पाइलट, चिकित्सक तथा मेडिकल टिमका अर्का एकजना व्यक्ति सकुशल रहेका थिए ।
केहीदिन अघिमात्रै केदारनाथको हेलिप्याडबाट उडान भर्ने क्रममा एउटा हेलिकोप्टर स्थानीय सडकमा आकस्मिक अवतरण गरिएको र त्यसले पार्किङ्ग राखेको गाडीलाई क्षति पु-याएको भिडियोहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका थिए । यसैबीच केहीदिन अघि भारतीय ध्वजाबाहक विमान लण्डका लागि उडान भर्ने क्रममा दुर्घटना हुँदा चालक दलका १२ सहित २ सय ४१ जनाले ज्यान गुमाएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको कहरमा ‘बकर इद’ पर्व
२०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...
अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...
क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो
२०७६ चैत्र २१ गते शुक्रबार
०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
Top