गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार


११ मार्च, २०२०
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको तथ्य फेला परेको छ । आज बिहान भक्तपुरको मनहराफाँटस्थित निर्माणधिन घरमा बम विस्फोट सरकारद्वारा प्रतिबन्धित चन्द समूहले गराएको घटनास्थलमा भेटिएको पर्चामा भेटिएको प्रहरीले जनाएको छ । यद्यपि घर भने निर्माणाधिन अवस्थामा रहेकोले विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । विस्फोट घरको कम्पाउन्डभित्र गरिएकाले सामान्य क्षति पुगेको छ ।

निवर्तमान सूचना तथा सञ्चारमन्त्री रहेका बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा करोडौं रकम घुस मागेर राज्यलाई कंगाल बनाउन खोजेकोले बम विस्फोट गर्नुपरेको नेकपाको पर्चामा उल्लेख छ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको’ पर्चामा उल्लेख छ । यस्तै पर्चामा आफ्नो समूहमाथि प्रतिबन्ध लगाउने प्रमुख मतियारसमेत भएकोले कारबाही गर्नुपरेको बताइएको छ ।

सरकारले चन्द नेतृत्वको नेकपाका सबै गतिविधिलाई केहीसमय अघि प्रतिबन्ध लगाएको थियो । सो समूहले यसअघि भ्रष्टाचारमा संलग्न रहेको भन्दै विभिन्न व्यक्ति तथा समूहमाथि कारबाही गरेको जनाएको छ । सरकारलाई तिर्नुपर्ने अर्बौं राजस्व छलेको भन्दै एनसेलका दुईदर्जन टावरमाथि उसले आगजनी गरेको थियो ।

भक्तपुरमा भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया तीब्र बनाएको जनाएको छ । घटनास्थलमा प्रहरीले प्रेसर कुकर बम विस्फोट भएको जनाएको छ । कुकरभित्र केही फलाम र सिसाका टुक्राहरुसमेत भेटिएको बताईन्छ । घटनास्थल अहिले प्रहरीले घेराबन्दी गरेर राखेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत १० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...

राष्ट्रसंघीय मानवअधिकार परिषद्को  उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

२०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

Top