गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार


११ मार्च, २०२०
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको तथ्य फेला परेको छ । आज बिहान भक्तपुरको मनहराफाँटस्थित निर्माणधिन घरमा बम विस्फोट सरकारद्वारा प्रतिबन्धित चन्द समूहले गराएको घटनास्थलमा भेटिएको पर्चामा भेटिएको प्रहरीले जनाएको छ । यद्यपि घर भने निर्माणाधिन अवस्थामा रहेकोले विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । विस्फोट घरको कम्पाउन्डभित्र गरिएकाले सामान्य क्षति पुगेको छ ।

निवर्तमान सूचना तथा सञ्चारमन्त्री रहेका बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा करोडौं रकम घुस मागेर राज्यलाई कंगाल बनाउन खोजेकोले बम विस्फोट गर्नुपरेको नेकपाको पर्चामा उल्लेख छ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको’ पर्चामा उल्लेख छ । यस्तै पर्चामा आफ्नो समूहमाथि प्रतिबन्ध लगाउने प्रमुख मतियारसमेत भएकोले कारबाही गर्नुपरेको बताइएको छ ।

सरकारले चन्द नेतृत्वको नेकपाका सबै गतिविधिलाई केहीसमय अघि प्रतिबन्ध लगाएको थियो । सो समूहले यसअघि भ्रष्टाचारमा संलग्न रहेको भन्दै विभिन्न व्यक्ति तथा समूहमाथि कारबाही गरेको जनाएको छ । सरकारलाई तिर्नुपर्ने अर्बौं राजस्व छलेको भन्दै एनसेलका दुईदर्जन टावरमाथि उसले आगजनी गरेको थियो ।

भक्तपुरमा भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया तीब्र बनाएको जनाएको छ । घटनास्थलमा प्रहरीले प्रेसर कुकर बम विस्फोट भएको जनाएको छ । कुकरभित्र केही फलाम र सिसाका टुक्राहरुसमेत भेटिएको बताईन्छ । घटनास्थल अहिले प्रहरीले घेराबन्दी गरेर राखेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स

२०७६ माघ १९ गते आइतबार

०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...

आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको  लफडा (भिडियोसहित) आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको...

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

Top