गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरिएको र यसबाट करोडौं रुपियाँ भ्रष्टाचार गरिएको भन्दै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी बास्कोटालाई कडा कारबाही गर्न समेत माग गरिएको छ । तत्काल घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग गर्दै उजुरीमा बास्कोटा र उनका आफन्त तथा नातेदारको बैंक खाता छानबिन गर्न माग गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक भै सकेपछि निवर्तमान सञ्चारमन्त्री बास्कोटाले भने पदबाट राजीनामा दिइसकेका छन् । उजुरीमा यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा वर्तमान सरकारले यती समूहलाई लाभ हुने गरी विभिन्‍न निर्णय लिएकोले बास्कोटाको घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना रहेकोले यसतर्फ पनि अख्तियारको ध्यानाकर्षण गराईको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...

कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...

Top