गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरिएको र यसबाट करोडौं रुपियाँ भ्रष्टाचार गरिएको भन्दै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी बास्कोटालाई कडा कारबाही गर्न समेत माग गरिएको छ । तत्काल घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग गर्दै उजुरीमा बास्कोटा र उनका आफन्त तथा नातेदारको बैंक खाता छानबिन गर्न माग गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक भै सकेपछि निवर्तमान सञ्चारमन्त्री बास्कोटाले भने पदबाट राजीनामा दिइसकेका छन् । उजुरीमा यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा वर्तमान सरकारले यती समूहलाई लाभ हुने गरी विभिन्‍न निर्णय लिएकोले बास्कोटाको घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना रहेकोले यसतर्फ पनि अख्तियारको ध्यानाकर्षण गराईको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण...

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी ! एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

२०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

Top