Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०
काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि देशव्यापी रुपमा लकडाउन हटेको (केही निश्चित स्थानमा भदौ १ सम्म कायम रहेको) बताएसँगै देशका विभिन्न जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । लकडाउन खुलेसँगै सप्तरी, राजविराज र काठमाडौंलगायतका जिल्लामा भेटिएका कोरोना संक्रमित र संक्रमणको प्रकृति हेर्दा कोरोना भाइरसले समुदायभित्र प्रभाव देखाउन थालेको भेटिएको विज्ञहरुले बताएका छन् ।

राजविराजमा केहीदिनअघि भारतमा उपचार गराएर फर्किएका एक स्थानीय व्यापारीमा शुरुमा कोरोना देखिएको भएपनि उनको माध्यमबाट अरु २७ जनामा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । यस्तै केही समयअघि काठमाडौंको असनमा पनि एकजना व्यापारीमा कोरोना संक्रमण भेटियो ।
उनीपनि केहीदिन अघि भारतबाट नेपाल फर्केका थिए । उनी नेपाल आएर पसलमा काम शुरुगरेलगत्तै उनीमार्फत् परिवारका अन्य सदस्यहरुमा पनि कोरोना फैलिएको थियो । उनमा कोरोनासँग मिल्दोजुल्दो आधादर्जन बढी लक्षणहरु देखिएको चिकित्सकहरु बताउँछन् । यसअघिसम्म विदेशबाट नेपाल फर्केका व्यक्तिलाई मात्र वा उनीहरुसँग यात्रा गरेकाहरुलाई मात्रै कोरोना देखिने गरेको भएपनि अहिले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना फैलने क्रम तीब्र बनेको छ । त्यसैले विज्ञहरुले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
लकडाउन खुलेसँगै अहिले उपत्यकालगायतका देशका प्रमुख शहरहरुमा मानिसहरुको चाप ह्वात्तै बढेका कारण कोरोनाको जोखिम पनि तीब्र बनेको चिकित्सकहरु बताउँछन् । सरकारले आम मानिसलाई सहज होस् भनेर लकडाउन खुलेको बताएको भएपनि जोखिम कायमै रहेको आवश्यक सबै स्वास्थ्य सतर्कतक अपनाउन अनुरोध गरिरहेको छ ।
तर अहिले शहरमा देखिएको भीड हेर्दा कोरोना नै नियन्त्रणमा आइसकेको हो कि भन्ने जस्तो भान हुन गएको वीर अस्पतालमा कार्यरत एकजना चिकित्सक बताउँछन् । बेलैमा सचेत भएर विश्व स्वास्थ्य संगठनले दिएको मापदण्ड अनुसारको सावधानी अपनाउन नसकिए अवस्था गम्भीर हुने यो क्षेत्रमा कार्यरत चिकित्सकहरु बताउँछन् ।
नेपालमा अहिलेपनि विमान तथा सीमा नाका बन्द रहेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा चल्ने गाडीहरु चलाउन प्रतिबन्ध लगाइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप...
नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना...
Top