लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव

Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार


२६ जुलाई, २०२०
काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि देशव्यापी रुपमा लकडाउन हटेको (केही निश्चित स्थानमा भदौ १ सम्म कायम रहेको) बताएसँगै देशका विभिन्न जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । लकडाउन खुलेसँगै सप्तरी, राजविराज र काठमाडौंलगायतका जिल्लामा भेटिएका कोरोना संक्रमित र संक्रमणको प्रकृति हेर्दा कोरोना भाइरसले समुदायभित्र प्रभाव देखाउन थालेको भेटिएको विज्ञहरुले बताएका छन् ।

लकडाउन खुलेपछि काठमाडौंका सडकमा देखिएको सवारी चाप ।

राजविराजमा केहीदिनअघि भारतमा उपचार गराएर फर्किएका एक स्थानीय व्यापारीमा शुरुमा कोरोना देखिएको भएपनि उनको माध्यमबाट अरु २७ जनामा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । यस्तै केही समयअघि काठमाडौंको असनमा पनि एकजना व्यापारीमा कोरोना संक्रमण भेटियो ।

उनीपनि केहीदिन अघि भारतबाट नेपाल फर्केका थिए । उनी नेपाल आएर पसलमा काम शुरुगरेलगत्तै उनीमार्फत् परिवारका अन्य सदस्यहरुमा पनि कोरोना फैलिएको थियो । उनमा कोरोनासँग मिल्दोजुल्दो आधादर्जन बढी लक्षणहरु देखिएको चिकित्सकहरु बताउँछन् । यसअघिसम्म विदेशबाट नेपाल फर्केका व्यक्तिलाई मात्र वा उनीहरुसँग यात्रा गरेकाहरुलाई मात्रै कोरोना देखिने गरेको भएपनि अहिले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना फैलने क्रम तीब्र बनेको छ । त्यसैले विज्ञहरुले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

लकडाउन खुलेसँगै अहिले उपत्यकालगायतका देशका प्रमुख शहरहरुमा मानिसहरुको चाप ह्वात्तै बढेका कारण कोरोनाको जोखिम पनि तीब्र बनेको चिकित्सकहरु बताउँछन् । सरकारले आम मानिसलाई सहज होस् भनेर लकडाउन खुलेको बताएको भएपनि जोखिम कायमै रहेको आवश्यक सबै स्वास्थ्य सतर्कतक अपनाउन अनुरोध गरिरहेको छ ।

तर अहिले शहरमा देखिएको भीड हेर्दा कोरोना नै नियन्त्रणमा आइसकेको हो कि भन्ने जस्तो भान हुन गएको वीर अस्पतालमा कार्यरत एकजना चिकित्सक बताउँछन् । बेलैमा सचेत भएर विश्व स्वास्थ्य संगठनले दिएको मापदण्ड अनुसारको सावधानी अपनाउन नसकिए अवस्था गम्भीर हुने यो क्षेत्रमा कार्यरत चिकित्सकहरु बताउँछन् ।

नेपालमा अहिलेपनि विमान तथा सीमा नाका बन्द रहेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा चल्ने गाडीहरु चलाउन प्रतिबन्ध लगाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’ ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट...

मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...

चरित्र अभिनेता ठकुरीको निधन चरित्र अभिनेता ठकुरीको निधन

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...

प्रधानमन्त्री ओली युरोप आउँदै प्रधानमन्त्री ओली युरोप आउँदै

२०७६ जेठ १९ गते आइतबार

पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...

Top