Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०
लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका आप्रबासीहरु सवार डुंगा दुर्घटनामा पर्दा कम्तीमा ४३ जना आप्रबासीहरुको निधन भएको छ । लिबियाको एक प्रमुख शहर ट्रिपोली नजिकै पर्ने भूमध्यसागरमा भएको सो डुंगा दुर्घटनामा ४३ जनाको घटनास्थलमै मृत्यु भएको संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम)ले उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु कहाँका नागरिक हुन् भन्ने विषयमा केही खुल्न सकेको छैन ।

लिबियालगायतका अफ्रिकी मुलुकमा विभिन्न सशस्त्र समूह र सरकारबीच जारी वर्षौदेखिको द्वन्द्वको चपेटामा परेकाहरु समुद्रको बाटो हुँदै युरोप छिर्ने योजना बनाउँदै जोखिमपूर्ण रुपमा समुद्रको यात्रा रोज्ने गर्दछन् । सोही क्रममा पछिल्लो पटक करिब ५ दर्जन आप्रबासीलाई लिएर युरोपको यात्रा तय गर्दै गरेको सो डुंगा दुर्घटनामा परेको हो ।
समुद्रको बीच भागमा आइपुगेपछि डुंगाको इन्जिनले एक्कासी काम गर्न छाडेपछि सो डुंगा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । समाचार संस्था सिएनएनका अनुसार सो घटनामा परेका १० जनालाई जिवितै उद्दार गरिएको छ । हरेक वर्ष अबैध बाटो र प्रक्रियाबाट जोखिमपूर्णरुपमा युरोप छिर्न खोज्ने सयौं आप्रबासीहरुले यसैगरी ज्यान गुमाइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..
२०७६ असार ७ गते शनिबार
२२ जुन, २०१९ काठमाडौं । एक नाबालक सहित ९...
सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन...
पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
Top