Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०
लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका आप्रबासीहरु सवार डुंगा दुर्घटनामा पर्दा कम्तीमा ४३ जना आप्रबासीहरुको निधन भएको छ । लिबियाको एक प्रमुख शहर ट्रिपोली नजिकै पर्ने भूमध्यसागरमा भएको सो डुंगा दुर्घटनामा ४३ जनाको घटनास्थलमै मृत्यु भएको संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम)ले उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु कहाँका नागरिक हुन् भन्ने विषयमा केही खुल्न सकेको छैन ।

लिबियालगायतका अफ्रिकी मुलुकमा विभिन्न सशस्त्र समूह र सरकारबीच जारी वर्षौदेखिको द्वन्द्वको चपेटामा परेकाहरु समुद्रको बाटो हुँदै युरोप छिर्ने योजना बनाउँदै जोखिमपूर्ण रुपमा समुद्रको यात्रा रोज्ने गर्दछन् । सोही क्रममा पछिल्लो पटक करिब ५ दर्जन आप्रबासीलाई लिएर युरोपको यात्रा तय गर्दै गरेको सो डुंगा दुर्घटनामा परेको हो ।
समुद्रको बीच भागमा आइपुगेपछि डुंगाको इन्जिनले एक्कासी काम गर्न छाडेपछि सो डुंगा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । समाचार संस्था सिएनएनका अनुसार सो घटनामा परेका १० जनालाई जिवितै उद्दार गरिएको छ । हरेक वर्ष अबैध बाटो र प्रक्रियाबाट जोखिमपूर्णरुपमा युरोप छिर्न खोज्ने सयौं आप्रबासीहरुले यसैगरी ज्यान गुमाइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र...
महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...
Top