Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराही
उपमहानगरपालिका ९, अस्पारा, दाङ
हरेक मानवमा कुनै न कुनै क्षमता हुन्छ। त्यो क्षमता उसको विवेकबाट प्रयोग हुन्छ । क्षमताभन्नु एक प्रकारको ज्ञानहो । ज्ञानभएको मानिसलाई हाम्रो समाजमा ज्ञानवान् भन्ने गरिन्छ । त्यही ज्ञानवान् मानिस नै अनुशासित हुन्छ । ज्ञान आर्जन गर्ने अनेक तौरतरिकाहरु हुन सक्छन्। ज्ञानआर्जन गरेर मात्र हुँदैन त्यसलाई सदुपयोग गर्न जान्नुपर्दछ । ज्ञान आर्जन गरेर सदुपयोग गर्न जानिएन भने त्यसको कुनै अर्थ हुँदैन।
ज्ञान आर्जन गर्नुको तात्पर्य हो त्यसलाई व्यवहारमा उतार्नु, अर्थात् आफूबाट अरुले पनि केही न केही प्राप्तगर्न सकून् अनि आफ्नो व्यवहारमा परिवर्तन गर्न सकून् । ज्ञानवान्हरुले आफूले आर्जन गरेको ज्ञानलाई जतिसक्दो फैलाउन सक्नुपर्दछ। अरुलाई बाँड्न सक्नुपर्दछ। पहिलेका ऋषिमुनिहरुले निकै वर्षसम्म जलमा स्थलमा वा निकुञ्जमा बसेर ध्यान गर्दथे र ज्ञानआर्जन गरेर उनीहरुमध्य केहीले सामान्य उपदेशको रुपमा थोरैमात्र समाजलाई दिन सके बाँकी अरु सबै आफैँंग लिएर गए ।
अर्थात् उनीहरुको जीवन पछि त्यो सबै त्यसै नष्ट भएर गयो। वास्तवमा आफूमा रहेको ज्ञानलाई लिपिबद्ध गरेर राख्ने र त्यो ज्ञान अरुलाई अध्ययनका लागि पस्कन सक्ने व्यवस्था मिलाउन सक्ने हो भने आफूले आर्जन गरेको ज्ञानआफ्नो जीवनलीला समाप्त हुुँदा नष्ट हुुँदैन वासाथै जाँदैन। हुन त शरीर पञ्चतङ्खवले बनेको छ भनिन्छ। त्यो पञ्चतङ्खव मध्ये एउटामात्र तङ्खव शरीरबाट नष्टभयो भने शरीरमा जीवन रहन सक्दैन । शरीरमा जीवन रहनका लागि पाँचवटै तङ्खवहरु सवुत रुपमा चलेको वा क्रियाशीलभएको हुनुपर्दछ।
शरीरमा पञ्चतङ्ख क्रियाशील भएकै अवस्थामा आफूमा रहेको ज्ञानअरुलाई दिन सक्नुपर्दछ। शरीर जीवित त छ तर अर्धचेतन अवस्थामा छ भने पनिआफूमा रहेको ज्ञानअरुलाई दिन सकिदैन। ज्ञानदिनका लागिपूर्ण चेतन अवस्था चाहिन्छ । ज्ञान कसरी फैलन्छ? भन्ने बारेमा ठूलो खोज अनुसन्धानको पनि आवश्यकता पर्दैन। जसले जे जानेको छ त्यो कुरालाई व्यवहारमा परिणत हुनेगरी अरुहरुलाई पनि लिखित वा मौखिकरुपमा बुझाउने ब्यवस्था मिलाउने हो भने ज्ञान फैलिन सक्छ। त्यसलाई व्यवहारमा परिणत गर्नसके अर्काेमापनि दिगो रुपमा रहन्छ र उसले पनि त्यसैगरी फैलाउने चेष्टागर्ने हो भने एक पुस्ताबाट (हाम्रो पुरषार्थ–८)अर्को पुस्तामा सहजै सर्दै जान्छ ।
यसैलाई पुुस्ता हस्तान्तरण पनि भनिन्छ। हिजोका दिनमा गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञान अरुलाई दिनन चाहेको भए आज बुद्धको विचार धर्ममा परिणत हुने थिएन। त्यो उनीसंगै साथै जानेथियो। उनले केही लिखित रुपमा छोडे भने केही आफ्ना आफन्त र चेलाहरुको माध्यमबाट छोडे। आजत्यही कुरा पढेर वा सुनेर संसारका तमाम नरनारीले आफूलाई सत्यकर्ममा वा शान्तिमार्गमा लगाउन सकेका छन्। बुद्धको शिक्षा प्राप्तगर्नुको तात्पर्य आफ्नो व्यावहारिक जीवनलाई बदल्नु हो। ज्ञानआर्जन गर्ने वा फैलाउने सन्दर्भमा विद्यार्थी छँदा सानो कक्षामा पढेको एउटा नीति श्लोकको यादआयो। श्लोक यस प्रकार छ :
जले तैलंखले गुह्यं पात्रे दानं मनागपि। प्राज्ञशास्त्रं स्वयं यातिविस्तारं वस्तुशक्तितः। । अर्थात्जलमा तेल,दुष्टमनुष्यमागोप्यता,सत्पात्रमादान र विद्वान् अर्थात: ज्ञमा अलिकतिशास्त्र परेको खण्डमा उसको शक्तिले भ्याएसम्म आफै फैलाउँछ। जुनसुकै तेलपानीमा एक थोपामात्र पर्न गयो भने त्यो तेल निकै फैलिन्छ। त्यस्तै कुनै दुष्टलाई तपाईंले गुह्यवागोप्य कुरा सुनाउनुभयो भने उसले क्षणभरमै त्यो कुरालाई निकैका कानसम्म पु-याइ छोड्छ। गुह्य कुरा कतिका लागि सुन्न लायकपनि हुँदैनन् तर दुष्टकालागि कसले सुन्ने रकसले नसुन्ने भन्ने प्रश्न नै हुँदैन। उसकालागि घाटा नाफाको कुरा भन्दा पनि आफ्नो स्वभाव वा चरित्र अनुसार त्यस्ता कुरालाई एक कान दुईकान हुँदै मैदानसम्म पु-याउँछ।
त्यस्तै विद्वान व्यक्तिले कुनै शास्त्रीय ज्ञानछोंटो समयमा प्राप्तगर्न सक्यो भने उसले आफ्नो क्षमताले भ्याएसम्म त्यसलाई फैलाउने प्रयत्न गर्दछ र गर्नुपर्दछ। त्यसैलाई आफूभित्रको ज्ञान प्रसारण भन्ने गरिन्छ। यस्तै थोरैमात्र ज्ञानआर्जन गर्ने र आफ्नो क्षमताले फैलाउन सक्षम व्यक्तिलाई प्राज्ञ भनिन्छ। त्यस्तै प्राज्ञले आफूभित्रको ज्ञानकुनै कलमस नराखीकन अरुमा बाँड्न सक्नुपर्दछ । जुनमानिसमा सामाजिक व्यवहार पाउन सकिदैन त्यस्ता मानिसले जतिसुकै ठूला ग्रन्थका वा शास्त्रका ज्ञान हासिल गरे पनि त्यो कुनै कामयावी हुँदैन। आफूले जानेको ज्ञानले अरुलाई प्रभाव पार्न सक्नु नै विद्वान् अथवा प्राज्ञको अर्थ रहन्छ। बुद्धले निकै वर्ष लगाएर आफूले ज्ञान हासिल गरे ।
त्यो एक प्रकारको चिन्तन थियो । त्यसैलाई तपवातपस्या भन्ने गरिन्छ । तपविना ज्ञान हासिल हुन सक्दैन। कडा मिहिनेत गर्नु पनि तपस्याहो। दुष्टले नतपस्याको मर्म बुझ्छ न आफूले कडा मिहिनेत गरेर ज्ञानको भण्डार विस्तार गर्न सक्दछ। सबै आत्माहरु सत्पात्रवा सत्चरित्रका हुन्छन् भन्ने हुँदैन। सत्पात्रवा सत्चरित्र निमार्णका लागि सन्मार्गमा हिंडने गरेको हुनुपर्दछ । विना सन्मार्ग सद्ज्ञान हासिल हुँदैन। सद्ज्ञान हासिल नभएसम्म अरुलाई ज्ञान बाँड्न सम्भव छैन।
कतिपय मानिसहरु आफूलाई समस्यापर्दा अरुबाट निकै सहयोगको आशा एवं अपेक्षा गर्ने गर्दछन्। त्यही समस्या अरुलाई पर्दा आफूबाट हुन सक्ने सामान्य सहयोग पनिदिन चाहँदैनन्। यस्ता मनुष्यलाई के भन्ने ?
सत्पात्रभित्र यस्ता मनुष्यपर्छन् कि पर्दैनन्? यदि सत्य कुरा बोल्ने हो भने यस्ता मनुष्यहरु सत् पात्रमा पर्दैनन्। उनीहरु स्वार्थमा डुबेका आफूदेखि बाहेक अरुलाई मनुष्यको सारको रुपमानलिने खालका हुन्छन् भन्दाहुन्छ । ज्ञान फैलउनका लागि आफ्नो जीवनछँदै केही वचनबाट, केही लेखन तथा केही प्रकाशनका माध्यमहरु अपनाउन सक्नुपर्दछ। ज्ञानबाड्न वा फैलाउनका लागि लेखन वा प्रकाशन गर्नसके सबैभन्दा उत्तम विकल्प हो। यसबाट भावी सन्ततिका लागि पनि अतिकाम लाग्ने हुन्छ । उनीहरुले निकै वर्षपछि पनि वा त्यो प्राज्ञको ज्ञानको पुन्तुरो (पुुस्तक)खोल्न सक्छन्। यदि लेखन वा प्रकाशनको अवस्था छैन भने पनि जीवन छँदै मौखिक रुपमा भएपनि बाँड्न सक्नुपर्दछ ।
जब मानिस जीवन छँदै आफूमा रहेको ज्ञान बाँड्न चाहेन भने उसको जीवन पश्चात् त्यो सबै लोप भएर जानेछ । ज्ञान लोप हुनुको अर्थ के हुन्छ? समाजमा अराजकता फैलिन्छ, भाँडभैलो हुन्छ, चोरी,डकैती, हत्या,बलात्कार हुन्छ। गुण्डागर्दी र हिंसा व्यापक हुन्छ । घुस भ्रष्टाचार संस्थागत हुन्छ। अहिले भएको त्यहीहो। ज्ञान भएकाहरुले ज्ञान आफूमा सीमित राखे । प्राज्ञ भनिनेहरुले मात्र उपर खुट्टी लगाएर केवल आफ्नो अहमता प्रदर्शन गरे। उनीहरु मध्येकति अहिले हामीबाट विछोड भएर वा भौतिक शरीर त्यागेर गइसकेका छन्। जब ज्ञान भएकाले ज्ञान बाँड्न चाहदैनन् भने कहाँबाट समाज समृद्ध हुन्छ?
जब मानिस जीवन छँदै आफूमा रहेको ज्ञान बाँड्न चाहेन भने उसको जीवन पश्चात् त्यो सबै लोप भएर जानेछ । ज्ञान लोप हुनुको अर्थ के हुन्छ? समाजमा अराजकता फैलिन्छ, भाँडभैलो हुन्छ, चोरी,डकैती, हत्या,बलात्कार हुन्छ। गुण्डागर्दी र हिंसा व्यापक हुन्छ । घुस भ्रष्टाचार संस्थागत हुन्छ। अहिले भएको त्यहीहो। ज्ञान भएकाहरुले ज्ञान आफूमा सीमित राखे । प्राज्ञ भनिनेहरुले मात्र उपर खुट्टी लगाएर केवल आफ्नो अहमता प्रदर्शन गरे।
उनीहरु मध्येकति अहिले हामीबाट विछोड भएर वा भौतिक शरीर त्यागेर गइसकेका छन्। जब ज्ञान भएकाले ज्ञान बाँड्न चाहदैनन् भने कहाँबाट समाज समृद्ध हुन्छ? हामीले सबैकुरा सरकारमा लगेर थोपर्ने गर्छौंं। आफमा भएको सामान्य ज्ञान बाँड्न नचाहने अनि सरकारको बदनाम हुने गरी बोल्ने ? यो भन्दा विडम्बना अरु के हुन सक्छ? हरेक सक्षम नागरिकले आफू माभएको ज्ञान तथा सीप अरुलाई आफ्नो जीवन छँदै बाँड्ने प्रयत्न गर्नुपर्दछ।
अनिमात्र त्यस्तो समयमा सरकारले के व्यवस्था मिलाउन पर्ने हो त्यसको बारेमा चर्चा गर्नुपर्दछ । जीवन छँदै ज्ञान बाँड्न सकिएन भने त्यो भौतिक शरीरसँगै नष्ट भएर जान्छ अनि हामी अहिले जे भोगिरहेका छौं त्यही मात्र निरन्तर रुपमा दोहरिरहने छ । भोलिको पिढीले पनि यही भोग्न वाध्य हुनेछ।
यो समाजलाई समुन्नत बनाउनका लागि विद्वान् वा प्राज्ञ वर्गले विना कन्जुस्याइँ आफूमा रहेको ज्ञान आफ्नो जीवन रहेसम्म बाँड्ने प्रयत्न गरि रहनु पर्दछ । यो हुन सक्यो भने मात्र समाज बदलिन सक्छ । सबै कुरामा सधै अरुलाई धारेहातलगाएर मात्रहुँदैन। पहिले आफूमा रहेको ज्ञान बाँड्ने ज्ञान हुन आवश्यक छ। ज्ञान लिएर जाने होइन छोडेर जाने हो।
(किरण पुस्तकालय तम्घास गुल्मीद्वारा प्रकाशित हाम्रो पुरुषार्थ त्रैमासिक (वर्ष ४७, अंक ४) बाट साभार ।)
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
२०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...
Top