आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

Best Khabar Team | २०७७ श्रावण ३१ गते शनिबार


१५ अगस्ट, २०२०
काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८ घण्टासम्म भारी वर्षात्को सम्भावना रहेको मौसम विद्हरुले जनाएका छन् । विशेषगरी आज काठमाडौं पश्चिमका जिल्लाहरु र भोलि काठमाडौंलगायत काठमाडौं पूर्वका जिल्लाहरुमा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले नेपालमा पश्चिमबाट पूर्वतर्फ भारी बर्षात्को सम्भावना रहेको बताइएको छ ।

आज गण्डकी, कर्णाली, सुदुरपश्चिमलगायतका प्रदेशहरुमा भारी सम्भावना रहेको र योक्रम आइतबार अपरान्हसम्म जारी रहने बताइएको छ । यस्तै, भोलि बाग्मती प्रदेश र पूर्वतर्फका जिल्लाहरुमा भिषण वर्षात्को सम्भावना रहेको बताइएको छ । २ दिनसम्म कतिपय जिल्लामा भारी वर्षात्को सम्भावना रहेको र विभिन्न जिल्लाहरुमा मौसम विग्रँदै गएकोले बेलैमा सर्तक रहन विभागले आग्रह गरेको हो ।

पहिरो खस्नसक्ने सम्भावना भएका ठाउँमा वासिन्दा, खोला तथा नदी किनारमा रहेका बस्तीहरुलाई विशेष सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ । भारी वर्षात् हुँदा तराईका कतिपय जिल्लाहरुमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई विभागले आग्रह गरेको छ । विशेषगरी नदी तटीय क्षेत्र, चुरे क्षेत्रबाट बग्ने खोला तथा नदीहरुले आफ्नो धार नै परिवर्तन गर्नसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

यौन दुराचारको आरोपी महरा थप  ३ दिन हिरासतमै रहने यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

२०७६ आश्विन २८ गते मंगलबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

Top