Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९
न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट भिसामा आउन चाहने विदेशी नागरिकहरुका लागि नयाँ नियम लागू गरेको छ । यही जुन १ देखि लागू भएको नयाँ दिनम अनुसार अब अमेरिकी भिषा आवेदन दिने नागरिकले उसको व्यक्तिगत इमेल, बैंक एकाउन्ट, सामाजिक सञ्जाल फेसबुकलगायतको विवरणहरु सम्बन्धित देशको दुतावासमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यो नियम काम गर्न जाने वा अध्ययनका लागि जानेहरुको हकमा समेत लागुहुने अमरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को शुरुमै यो नियम लागू गरेको भएपनि यसलाई अहिले आएर कार्यन्वयन गरेको हो । देश भ्रमण गर्ने नागरिकहरुको सुरक्षाका लागि यो नियम लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका इमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।
यसअघि आतंकवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्ने नियम भएपनि अब विश्वका जुनसुकै देशका नागरिकहरुले पनि अमेरिकी भिषा एप्लाई गर्दा यी विरणहरु बुझाउनुपर्ने भएको छ
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
Top