Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०
नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको एकै टोलमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जस्थित महेन्द्रपार्क टोलमा बस्ने थप ६ जनामा आज साँझ कोरोना संक्रमण भएको पुष्टि सरकारले गरेको छ । यसअघि आजै दिउँसो सोही टोलमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

आज साँझ कोरोना संक्रमित भएको पुष्टि भएकाहरुमा १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षकी महिला रहेकी छन् । उनीहरुको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । यसअघि भेटिएका ९ जना संक्रमितहरुको सम्पर्कमा रहेका थप गाउँलेको स्वाब परीक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयलको भनाई छ । यो सँगै आजमात्रै नेपालमा कोरोना संक्रमितको संख्या १६ थपिएर कुल ७५ पुगेको छ ।

आजै पर्साको वीरगञ्जका एक युवकमा पनि कोरोनाको संक्रमण भेटिएको थियो । उनको नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भै रहेको छ । देशभर कोरोनाको संक्रमणमा परेका मध्ये १६ जना उपचारपछि घर फर्केका छन् । संक्रमित सबै एउटै टोलको भएकोले उनीहरुको सम्पर्कमा रहेका थप स्थानीयको पनि स्वाब परीक्षण भै रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
२०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा...
Top