Best Khabar Team | २०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०
पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको विमान बुकिङ्ग संख्याको मादण्ड हटाएको छ । यहाँको आवास तथा पूर्वाधार मन्त्रालयले यसअघि विमान बुकिङ्गमा लगाएको सिमालाई हटाएर आगामी जुन १ तारिखदेखि पूर्णरुपमा बुकिङ्ग गर्नसक्ने गरी सम्बन्धित विमान कम्पनीहरुलाई अनुमति दिएको हो । योसँगै अब जुन १ देखि विभिन्न विमान कम्पनीहरुले यात्रुहरुलाई टिकट जारी गर्दा विमानको पूर्ण सिट क्षमता बराबरको टिकट दिन सक्नेछन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण गत अप्रिलदेखि पोर्चुगलले आन्तरिक उडानमा व्यापक कटौती गर्दै आएको थियो ।
यसबीचमा उडेका विमानहरुले पनि थोरैसँख्यामा यात्रुहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार विमानमा राखेर गन्तव्यमा पु¥याउँदै आएका थिए । तर मे महिनाको पहिलो सातादेखि पोर्चुगल सरकारले देशभित्र लगाएको आपत्कालीन अवस्थासम्बन्धी व्यवस्था हटाएसँगै अन्य क्षेत्रहरुलाई विस्तारै सहज बनाउँदै लगेको छ । अहिले पोर्चुगलले बेलायतसहित युरोपका एकदर्जनबढी स्थानहरुमा नियमित उडान भर्दै आइरहेको छ ।
तर कोरोनाको जोखिम बढेको भन्दै यहाँको सरकारले विमानहरुलाई कुल क्षमता भन्दा कम यात्रुको टिकट जारी गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार विमान कम्पनीहरुले थोरै मात्रै टिकट जारी गरी विमानहरु उडाउँदै आएका थिए । अब यो मापदण्डपनि आगामी जुन १ बाट हट्ने भएको छ । नयाँ व्यवस्था अनुसार आगामी जुन १ देखि पोर्चुगलबाट उडान भर्ने सबै विमानहरुलाई विमानको पूर्ण क्षमता अनुसार टिकट जारी गर्नका लागि बाटो खुलेको छ । यद्यपि विमानमा यात्रा गर्ने यात्रु र विमान कम्पनीले सरकारले तोकेको मापदण्ड भने अनिवार्य रुपमा पुरा गर्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक दुरी कायम गर्ने तथा माक्स अनिवार्यरुपमा लगाउनुपर्ने नियम सरकारले यसअघि नै लागू गरिसकेको छ ।

यस्तै विमानमा पर्याप्त मात्रामा ह्याण्ड सेनिटाइजरको व्यवस्था गर्न तथा यात्रुहरुको सुरक्षा सावधानीलाई विशेष ख्याल गर्न विमान कम्पनीहरुलाई सरकारले निर्देशन दिइसकेको छ । यो समाचार तयारपार्दासम्म पोर्चुगलबाट नेपाललगायतका अन्य देशमा उडान भर्ने अन्र्तराष्ट्रिय उडानहरु कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने विषयमा केही खुल्न सकेको छैन । ट्रान्जिट भएर तेश्रो मुलुकमा जाने विमानहरुको हकमा ती देशहरुको अवस्था सहज नहुञ्जेल र सम्बधित देशले लगाएको विमान उडानको प्रतिबन्ध नहटेसम्म यस विषयमा केही बताउन नसकिने सम्बन्धित विमान कम्पनीका अधिकारीहरुल बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……
२०८० कार्तिक ९ गते बिहिबार
भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...
सुरक्षित रहौं, घरभित्रै बसौं र सकारात्मक सोचौं : विभिन्न माध्यमबाट झुठ्ठा अफबाह फैलाउने व्यक्ति वा समूहको बारेमा प्रहरीमा खबर गरौं
२०७६ चैत्र ८ गते शनिबार
कोरोना बारे सचेतना जगाऔं पि.एल. तरंग / बेस्टखबर डटकम...
के नेपालमा उल्का पिण्ड खसेकै हो त ?
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
Top