कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको विमान बुकिङ्ग संख्याको मादण्ड हटाएको छ । यहाँको आवास तथा पूर्वाधार मन्त्रालयले यसअघि विमान बुकिङ्गमा लगाएको सिमालाई हटाएर आगामी जुन १ तारिखदेखि पूर्णरुपमा बुकिङ्ग गर्नसक्ने गरी सम्बन्धित विमान कम्पनीहरुलाई अनुमति दिएको हो । योसँगै अब जुन १ देखि विभिन्न विमान कम्पनीहरुले यात्रुहरुलाई टिकट जारी गर्दा विमानको पूर्ण सिट क्षमता बराबरको टिकट दिन सक्नेछन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण गत अप्रिलदेखि पोर्चुगलले आन्तरिक उडानमा व्यापक कटौती गर्दै आएको थियो ।

यसबीचमा उडेका विमानहरुले पनि थोरैसँख्यामा यात्रुहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार विमानमा राखेर गन्तव्यमा पु¥याउँदै आएका थिए । तर मे महिनाको पहिलो सातादेखि पोर्चुगल सरकारले देशभित्र लगाएको आपत्कालीन अवस्थासम्बन्धी व्यवस्था हटाएसँगै अन्य क्षेत्रहरुलाई विस्तारै सहज बनाउँदै लगेको छ । अहिले पोर्चुगलले बेलायतसहित युरोपका एकदर्जनबढी स्थानहरुमा नियमित उडान भर्दै आइरहेको छ ।

तर कोरोनाको जोखिम बढेको भन्दै यहाँको सरकारले विमानहरुलाई कुल क्षमता भन्दा कम यात्रुको टिकट जारी गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार विमान कम्पनीहरुले थोरै मात्रै टिकट जारी गरी विमानहरु उडाउँदै आएका थिए । अब यो मापदण्डपनि आगामी जुन १ बाट हट्ने भएको छ । नयाँ व्यवस्था अनुसार आगामी जुन १ देखि पोर्चुगलबाट उडान भर्ने सबै विमानहरुलाई विमानको पूर्ण क्षमता अनुसार टिकट जारी गर्नका लागि बाटो खुलेको छ । यद्यपि विमानमा यात्रा गर्ने यात्रु र विमान कम्पनीले सरकारले तोकेको मापदण्ड भने अनिवार्य रुपमा पुरा गर्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक दुरी कायम गर्ने तथा माक्स अनिवार्यरुपमा लगाउनुपर्ने नियम सरकारले यसअघि नै लागू गरिसकेको छ ।

यस्तै विमानमा पर्याप्त मात्रामा ह्याण्ड सेनिटाइजरको व्यवस्था गर्न तथा यात्रुहरुको सुरक्षा सावधानीलाई विशेष ख्याल गर्न विमान कम्पनीहरुलाई सरकारले निर्देशन दिइसकेको छ । यो समाचार तयारपार्दासम्म पोर्चुगलबाट नेपाललगायतका अन्य देशमा उडान भर्ने अन्र्तराष्ट्रिय उडानहरु कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने विषयमा केही खुल्न सकेको छैन । ट्रान्जिट भएर तेश्रो मुलुकमा जाने विमानहरुको हकमा ती देशहरुको अवस्था सहज नहुञ्जेल र सम्बधित देशले लगाएको विमान उडानको प्रतिबन्ध नहटेसम्म यस विषयमा केही बताउन नसकिने सम्बन्धित विमान कम्पनीका अधिकारीहरुल बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द,  ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित) कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

Top