अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३ दिने राजकीय भ्रमणका लागि आज बेलायत आइपुग्नुभएको छ । उहाँ बेलायती समय अनुसार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा अवतरण गर्नुभएको छ । आफ्नी धर्मपत्नी मिलानियासहित बेलायत भ्रमणमा निस्कनुभएका ट्रम्पको बेलायत भ्रमणको स्वागत तथा विरोध भै रहेको छ । एयरफोर्स वनको विमानमार्फत ट्रम्प विमानस्थलमा आइपुग्नुभएको हो ।

उहाँलाई विमानस्थलमा बेलायती रानी एलिजावेथलगायत सरकारी उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए । ट्रम्पको सम्मानमा आज रानी महारानीले बुकिङ्घम प्यालेसमा रात्रिभोजको आयोजना गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले सो रात्रीभोजमा सहभागीता जनाउनुहुने भएको छ । त्यसअघि ट्रम्प वेस्टमिनिस्टर ऐवीमा जाने तया त्यहाँ उहाँले राजकुमार चार्ल्ससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ट्रम्प र रानीले बेलायतमा स्थायी बसोबास गर्दै आएकाहरु सहभागी हुने केही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

तीन दिने लण्डन बसाइसका क्रममा अन्य विभिन्न कार्यक्रममा समेत ट्रम्प सहभागी हुनुहुने छ । यसैबीच ट्रम्पको बेलायत भ्रमणका क्रममा उहाँका विरोधीहरुले विभिन्न राज्यमा विरोध प्रदर्शन समेत गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...

Luxembourg: Misconceptions on Social Media & realities !!! Luxembourg: Misconceptions on Social Media & realities !!!

२०८२ श्रावण ३ गते शनिबार

Pratik Lamichhane Many of you may have heard of...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

Top