तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई प्रधानमन्त्री बनेको र ती तीनभाईको जन्मघरमा पहिलोपटक ताला लागेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रविन्दु तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मथलो विराटनगरको ऐतिहासिक कोइराला निवासमा ताला लागेको हो ।

सरकारले विशिष्ठ व्यक्तिको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै एकसय वर्ष पुरानो इतिहाँस बोकेको कोइराला निवासमा ताला लागेको हो । सरकारको केहीदिन अघिको निर्णयसँगै बिहीबारबाट कोइराला निवासमा ताला लागेको हो । सरकारको यो निर्णयसँगै अन्य विशिष्ठि व्यक्तिको निवास जस्तै कोइराला निवासमा पनि तालाबन्दी भएको हो । पूर्व विशिष्ठ व्यक्तिहरुको घरमा सुरक्षाकर्मी खटाइएको विषयमा विरोध भएपछि सरकारले तत्काल सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो ।

कोइराला निवासमा हाल परिवारका कोही सदस्य नभएको तथा सुरक्षाकर्मी समेत फिर्ता बोलाइएपछि ताला लगाइएको कोइराला निवास नजिकै घर भएका एक स्थानीयले बताएका छन् । स्मरणीय के छ भने नेपालको इतिहाँसमै पहिलो पटक र विश्वमै विरलै सुनिने एकै परिवारका तीनजना भाईहरु प्रधानमन्त्री बनाउन सफल यो घरसँग इतिहाँस जोडिएको छ । यो घरले पूर्व प्रधानमन्त्रीहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला लाई हुर्काएको थियो ।

यी तीन पूर्व प्रधानमन्त्रीहरुका पिता कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन यही निवासबाट फाटेको भोटो पार्सल गरेर पठाएकोले पनि यो घरको विशेष महत्व इतिहाँसमा छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

Top