तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई प्रधानमन्त्री बनेको र ती तीनभाईको जन्मघरमा पहिलोपटक ताला लागेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रविन्दु तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मथलो विराटनगरको ऐतिहासिक कोइराला निवासमा ताला लागेको हो ।

सरकारले विशिष्ठ व्यक्तिको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै एकसय वर्ष पुरानो इतिहाँस बोकेको कोइराला निवासमा ताला लागेको हो । सरकारको केहीदिन अघिको निर्णयसँगै बिहीबारबाट कोइराला निवासमा ताला लागेको हो । सरकारको यो निर्णयसँगै अन्य विशिष्ठि व्यक्तिको निवास जस्तै कोइराला निवासमा पनि तालाबन्दी भएको हो । पूर्व विशिष्ठ व्यक्तिहरुको घरमा सुरक्षाकर्मी खटाइएको विषयमा विरोध भएपछि सरकारले तत्काल सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो ।

कोइराला निवासमा हाल परिवारका कोही सदस्य नभएको तथा सुरक्षाकर्मी समेत फिर्ता बोलाइएपछि ताला लगाइएको कोइराला निवास नजिकै घर भएका एक स्थानीयले बताएका छन् । स्मरणीय के छ भने नेपालको इतिहाँसमै पहिलो पटक र विश्वमै विरलै सुनिने एकै परिवारका तीनजना भाईहरु प्रधानमन्त्री बनाउन सफल यो घरसँग इतिहाँस जोडिएको छ । यो घरले पूर्व प्रधानमन्त्रीहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला लाई हुर्काएको थियो ।

यी तीन पूर्व प्रधानमन्त्रीहरुका पिता कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन यही निवासबाट फाटेको भोटो पार्सल गरेर पठाएकोले पनि यो घरको विशेष महत्व इतिहाँसमा छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...

बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ

२०७६ पुष ६ गते आइतबार

२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...

Top