लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै देशभर सञ्चालनमा रहेको विभिन्न खाले उद्योगधन्दा तथा अन्य क्षेत्रहरुले पनि सरकारी निर्देशन अनुसार आवश्यक सुरक्षा सावधानी अपनाएर आफ्नो पेशा तथा व्यवसाय सञ्चालनमा ल्याउन सक्नेछन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को आजको बैठकले विभिन्न क्षेत्रहरुलाई नियम अनुसार सञ्चालनमा ल्याउन सकिने गरी लकडाउन खुकुलो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार निम्न क्षेत्रहरु लकडाउन खुकुलो भएलगत्तै सञ्चालनमा आउनेछन् । यद्यपि यसको विस्तृत जानकारी सरकारले बिहीबार पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ । लकडाउन खुकुलो भएपछि खुल्ने क्षेत्रहरु:

  • औषधी, खाद्य तथा पेयपदार्थ सम्बन्धी सेवा
  • तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, माछामासु, खानेपानीको उत्पादन, विक्रीवितरण तथा ढुवानी
  • स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा (निजी क्लिनिकसमेत)
  • निर्माण सामग्रीसम्बन्धी उद्योग एवं व्यवसाय
  • निजी क्षेत्रबाट प्रबद्र्धित भएकालगायतका सबै विकास आयोजना
  • निजी तथा सार्वजनिक निर्माण कार्य
  • नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी, विक्रीवितरण
  • रेस्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेकवे कार्य
  • क्वारेन्टिनका लागि तोकिएका होटल
  • विजुलीका सामान बिक्री र मर्मत पसल
  • विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप
  • पुस्तक पसल तथा स्टेशनरी
  • सबैप्रकारका ढुवानी सेवा
  • अत्यावश्यक सेवाका सबै कार्यालय (बढीमा ५० प्रतिशत कर्मचारी रहने गरी)
  • अन्य सरकारी कार्यालय, गैरसरकारी कार्यालय तथा निजी कार्यालय (बढीमा ५० प्रतिशत कर्मचारी रहने गरी)
  • सबै वित्तिय संस्थाहरु (बढीमा ५० प्रतिशत कर्मचारी रहने गरी)
  • पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
  • फोहोर मैला व्यवस्थापन
  • विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवाहरु
  • बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा
  • सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
  • कृषि बिउ बिजन, रासायनिक मल, कृषि औजार शीतभण्डार सम्बन्धी सेवा तथा कार्य
  • उत्पादनशील उद्योग


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...

Top