Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०
काठमाडौं । अत्यधिक ज्वरो र स्वास प्रश्वाससम्बन्धी समस्या देखिएर अस्पताल पु¥याइएका तीन जनाको राजधानीका विभिन्न अस्पतालमा निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा दुई र ललितपुरस्थित पाटन अस्पतालमा एकजनाको गरी जम्मा तीन जनाको अध्यधिक ज्वरोका कारण मृत्यु भएको हो ।
काठमाडौंको वीर अस्पतालमा उपचाररत एक युवकको आज निधन भएको छ । कोरोनाको आशंका गर्दै आइतबार अस्पताल भर्ना भएका ती युवकको उपचारको क्रममा आज सोमबार अस्पतालमा निधन भएको वीर अस्पताल स्रोतले जानकारी दिएको छ । काठमाडौंको सतुंगल घर भएका ती युवक हिजोमात्रै अस्पतालमा भर्ना भएका थिए । केही समयअघि भारतबाट फर्केलगत्तै उनी ज्वरो आउने तथा रुघा लाग्ने लक्षण लिएर वीर अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वाब परिक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाईएको वीर अस्पतालका निर्देश डा. केदार सेन्चुरीले जानकारी दिए । यस्तै आज मात्रै वीर अस्पतालमा उपचारका लागि ल्याइएकी एक महिलाको अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको थियो । उनी काठमाडौंको कालीमाटीमा बेहोस अवस्थामा भेटिएकी थिइन् । अस्पताल ल्याउँदा उनमा अत्यधिक ज्वरो रहेको र सास फेर्न समेत कठिनाई भै रहेको थियो ।
उनमा पनि कोरोनाको आशंका गरिएको र नमुना परिक्षणका लागि स्वाब टेकु प्रयोगशाला पठाइएको छ । यस्तै हिजो मात्रै धादिङ्गका एक युवकको पाटन अस्पतालमा निधन भएको थियो । उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ती युवकको पनि नमुना परिक्षणको रिपोर्ट आइसकेको छैन । यद्यपि अहिलेसम्म नेपालमा कोरोनाको कारण मृत्यु भएको भन्ने पुष्टि कसैको पनि भै सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
Top