१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

Best Khabar Team | २०८२ श्रावण ८ गते बिहिबार


बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा विवादलाई लिएर दक्षिण पूर्वी एसियाली देश थाइल्याण्ड र कम्बोडियाबीच आक्रमण शुरुभएको छ । पछिल्ला २४ घण्टा यता दुईदेशबीच भएको रकेट आक्रमणमा परी यो समाचार तयार पार्दासम्म कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने कयन् घाइते भएका छन् । आक्रमणमा परी परी हालसम्म थाइल्याण्डमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् ।

जसमा राष्ट्रिय सुरक्षा फौजमा रहेका एक सैनिक अधिकारी, एक बालक र अन्य १० जना सर्वसाधारण रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्बोडियातर्फ भएको जनधनको क्षतिको बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन । अवस्था गम्भीर बनेपछि कम्बोडियाको सीमावर्ती थाइल्याण्डको सुरिन प्रान्तको काब चोइङ गाउँमा मा बसोबास गर्ने ५० हजार स्थानीयलाई अन्यत्र सारिएको थाइल्याण्डको समाचार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार आज बिहान कम्बोडियाले थाइल्याण्डको सिमावर्ती सुरिन प्रान्तको काब गाउँ क्षेत्रमा २ वटा रेकट आक्रमण गरेको थियो । बस्तीमा रकेट आक्रमण भएपछि त्यसको जवाफमा थाइल्याण्डले पनि लडाकू विमानमार्फत् कम्बोडियाको सैन्य अड्डामा बम खसालेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९५३ मा फ्रान्सबाट कम्बोडिया स्वतन्त्र भएपछि विभिन्न समयमा यी दुईदेशबीच सिमा विवादका घटनाहरु सार्वजनिक भै रहेका छन् । सन् २००८ मा कम्बोडियाले ऐतिहासिक महत्वको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गरेपछि दुई देशबीचको विवाद थप चुलिँदै आएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित) आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

२०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

Top