Best Khabar Team | २०८२ बैशाख २७ गते शनिबार
१० मे, २०२५
नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र पाकिस्तानबीच जारी युद्द तत्कालका लागि अन्त्य भएको छ । भारतीय समय अनुसार आज शनिबार साँझ ५ बजेदेखि लागूहुने गरी दुई देशबीच युद्धबिरामको सहमति भएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार दुबै देशका अधिकारीहरुबीच भएको सहमतिमा एकअर्काविरुद्ध लडाईँ छेडिरहेका भारत पाकिस्तान तत्कालका लागि आक्रमण रोक्नका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यहरुले जनाए अनुसार हाल जारी युद्दलाई रोकेर तत्कालका लागि सहमतिमा अहिलेको अवस्थालाई सामान्य बनाउन दुबै देशका सुरक्षा अधिकारीहरु राजी भएका छन् ।

योसँगै जमिन, समुद्र तथा आकाशबाट हुँदै आइरहेको दुबै देशको आक्रमण रोकिने भएको छ । यस विषयमा दुबै देशका सुरक्षा अधिकारीहरुले आन्तरिक सकुर्लरसमेत जारी गरेका छन् । गएको बुधबार रातिदेखि भारत र पाकिस्तानबीचको सीमावर्ती क्षेत्रमा चर्किएको आन्दोलनका कारण दुबैतर्फ दर्जनौं नागरिक मारिएका छन् भने ठूलो जनधनको क्षति भएको छ । भारतको पहलगाममा अप्रिल २२ का दिन पाकिस्तानमा आतंकवादी गतिविधि गर्दै आएको एक समूहले पर्यटकहरुलाई लक्षित गर्दै गोली चलाउँदा २६ जनाको ज्यान गएको थियो ।
त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी गतिविधिका विरुद्ध आफहरुले कडा जवाफ फर्काउने चेतावनी दिएका थिए । त्यसको २ साता वित्न नपाउँदै भारतीय पक्षले पाकिस्तानमा आक्रमण गरेको थियो । यसैबीच भारत पाकिस्तानबीच जारी युद्द अन्त्य भएलगत्तै अमेरिकाले खुसी व्यक्त गरेको छ । यसअघि अमेरिकाले युद्दविरामका लागि आफूहरु मध्यस्थता गर्न तयार रहेको बताउँदै आएको थियो
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै
२०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
Top