भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

Best Khabar Team | २०८२ बैशाख २७ गते शनिबार


१० मे, २०२५
नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र पाकिस्तानबीच जारी युद्द तत्कालका लागि अन्त्य भएको छ । भारतीय समय अनुसार आज शनिबार साँझ ५ बजेदेखि लागूहुने गरी दुई देशबीच युद्धबिरामको सहमति भएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार दुबै देशका अधिकारीहरुबीच भएको सहमतिमा एकअर्काविरुद्ध लडाईँ छेडिरहेका भारत पाकिस्तान तत्कालका लागि आक्रमण रोक्नका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यहरुले जनाए अनुसार हाल जारी युद्दलाई रोकेर तत्कालका लागि सहमतिमा अहिलेको अवस्थालाई सामान्य बनाउन दुबै देशका सुरक्षा अधिकारीहरु राजी भएका छन् ।

योसँगै जमिन, समुद्र तथा आकाशबाट हुँदै आइरहेको दुबै देशको आक्रमण रोकिने भएको छ । यस विषयमा दुबै देशका सुरक्षा अधिकारीहरुले आन्तरिक सकुर्लरसमेत जारी गरेका छन् । गएको बुधबार रातिदेखि भारत र पाकिस्तानबीचको सीमावर्ती क्षेत्रमा चर्किएको आन्दोलनका कारण दुबैतर्फ दर्जनौं नागरिक मारिएका छन् भने ठूलो जनधनको क्षति भएको छ । भारतको पहलगाममा अप्रिल २२ का दिन पाकिस्तानमा आतंकवादी गतिविधि गर्दै आएको एक समूहले पर्यटकहरुलाई लक्षित गर्दै गोली चलाउँदा २६ जनाको ज्यान गएको थियो ।

त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी गतिविधिका विरुद्ध आफहरुले कडा जवाफ फर्काउने चेतावनी दिएका थिए । त्यसको २ साता वित्न नपाउँदै भारतीय पक्षले पाकिस्तानमा आक्रमण गरेको थियो । यसैबीच भारत पाकिस्तानबीच जारी युद्द अन्त्य भएलगत्तै अमेरिकाले खुसी व्यक्त गरेको छ । यसअघि अमेरिकाले युद्दविरामका लागि आफूहरु मध्यस्थता गर्न तयार रहेको बताउँदै आएको थियो



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...

नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

Top