स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

| २०८२ बैशाख १५ गते सोमबार


२८ अप्रिल, २०२५
सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र पोर्चुगलमा आज दिउँसोदेखि एक्कासी विद्यूत् आपूर्ति बन्द भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । स्पेनको म्याड्रिड, बार्सिलोना, सेभिल्ला तथा पोर्चुगलको राजधानी लिस्बन, अल्गार्भ एवं पोर्चुगल र स्पेनको टापुहरु, पाल्मा दि मेलोल्र्का, मदेइरा, इबिजालगायतका स्थानमा पनि दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । यो समाचार तयार पार्दासम्म (लक्जेम्बरको स्थानीय समय साँझ साढे ६ बजे) यी दुबै देशरुमा विद्युत्सेवा पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । अचम्मको कुरा त के छ भने विद्युत् के कारणले कटौती भयो भन्ने विषयमा वास्तविक जानकारी अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

घण्टौसम्म विद्युत्सेवा अवरुद्ध हुँदा विशेष गरी रेलसेवा तथा हवाईसेवासमेत प्रभावित बनेको छ । स्पेनको वार्सिलोना, म्याड्रिड, पोर्चुगलका लिस्बनलगायतका क्षेत्रका विमानस्थलमा आउने यात्रुहरु आउन नसकेपछि र विमानस्थलमै समेत विद्युत् सेवा अवरुद्ध भने हवाई उडामान समेत अवरोध देखिएको बताइएको छ । विद्युत्सेवा अवरुद्धहुँदा सडक बत्तिसमेत सञ्चालनमा आउन सकेको छैन । जसका कारण सवारीसाधनहरु सञ्चालनमा समेत समस्या देखिएको छ । जसका कारण सडकहरु अस्तव्यस्त बनेको छ । यस्तै मानिसहरुले बैंक तथा अन्य सार्वजनिक सेवा प्रवाह हुने स्थानमा समेत सेवा लिन सकिरहेका छैनन्। विद्युत् सेवा अवरुद्ध हुँदा कतिपयस्थानमा मोबाइलसेवा समेत अवरुद्ध बनेको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेले युरोपेली विद्युत् प्रणालीमै समस्या आएकोले विद्यूत्सेवा अवरुद्ध भएको भन्दै वास्तविक कारण अझै पत्ता लाग्न नसकेको बताएका छन् । उनले केहीबेरअघि पत्रकार सम्मेलन गरी सरकारले जतिसक्दो छिटो विद्युत्सेवा सूचारु गर्नका लागि कोशिष गरिरहेको र सरोकारवाला निकाय काममा खटिइरहेकोले छिट्टै विद्यूत् आपूर्ति सूचारु हुने आशा व्यक्त गरेका छन् । उनले नागरिकहरुलाई आवश्यक यात्रामात्रै गर्न र टेलिफोनहरुसमेत छोटो कुराकानीको लागि मात्रै प्रयोग गर्न भनेका छ्न् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेले युरोपेली विद्युत् प्रणालीमै समस्या आएकोले विद्यूत्सेवा अवरुद्ध भएको भन्दै वास्तविक कारण अझै पत्ता लाग्न नसकेको बताएका छन् । उनले केहीबेरअघि पत्रकार सम्मेलन गरी सरकारले जतिसक्दो छिटो विद्युत्सेवा सूचारु गर्नका लागि कोशिष गरिरहेको र सरोकारवाला निकाय काममा खटिइरहेकोले छिट्टै विद्यूत् आपूर्ति सूचारु हुने आशा व्यक्त गरेका छन् । उनले नागरिकहरुलाई आवश्यक यात्रामात्रै गर्न र टेलिफोनहरुसमेत छोटो कुराकानीको लागि मात्रै प्रयोग गर्न भनेका छ्न् । यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पनि आफ्ना नागरिकहरुलाई अनावश्यकरुपमा लामो यात्रा नगर्न तथा सामाजिक सञ्जालहरुमा अनावश्यक हल्ला नफैलाउन भनेका छन् ।

यसैबीच स्पेनको राष्ट्रिय रेल सेवा कम्पनीका अनुसार हालसम्म विद्युत् सेवा अवरुद्ध भएर रेलमा फसेका ३० हजार भन्दा बढी नागरिकहरुलाई सकुशल बाहिर निकालिएको छ । यसक्रममा देशका विभिन्न क्षेत्रमा १ सय २० भन्दा बढी रेलहरु विद्यूत् कटौतीका कारण रेलवेमै फसेका थिए । यसका अलावा फ्रान्स र इटलीका केही क्षेत्रमा पनि आज दिउँसो केहीबेर विद्युत् सेवा अवरुद्ध भएपनि केही समयपछि नै ती देशहरुमा भने विद्युत् सेवा सूचारु भै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...

रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

२०७७ बैशाख १६ गते मंगलबार

२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...

जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

Top