Best Khabar Team | २०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९
काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यान तान्दै आएको छ । यही महोत्सव हेर्नकै लागि भनेर पनि कतिपय विदेशी तथा स्वदेशी पर्यटकहरु महोत्सवका बेला चितवन पुग्ने गर्दछन्

। यसवर्ष पुस १० देखि १८ गतेसम्म चितवनको बाघमारा सामूदायिक बनको चौरमा हात्ती महोत्सव हुँदैछ । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा हुन गइरहेको हात्ती महोत्सवको चर्चासँगै चितवनमा क्रियाशिल पशुअधिकारकर्मीहरुहरुले जंगली जनावरलाइ यातना दिने प्रचलन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विगतका वर्षहरुमा महोत्सवका बेला केही पशुअधिकारकर्मीहरुले यसको विरोध गर्ने गरेको भएपनि यसपटक भने हात्ती महोत्सवको विरुद्धमा सार्वजनिक रुपमा असन्तुष्टि जायर गर्दै एमिलन राइटस क्लब, चितवनले नेकपा चितवनको कार्यलयमा नै पुगेर विरोध पत्र दर्ता गराएको छ । क्रिशमस डेको अवसरमा हुनगइरहेको सो महोत्सवको उद्घाटन गराउन नेकपाका केन्द्रिय अध्यक्षलाई चितवन उतार्दै गर्दा नेकपा चितवनले पशुअधिकारकर्मीहरुको विरोधको सामना गर्नुपरेको देखिन्छ । स्थलगत भ्रमण गर्दै गर्दा अंकुश, चुच्चो लठ्ठी र धारिलो हतियारको प्रयोगले हात्तिहरुको रगत नै आउने गरेको देखिएकाले यसलाई रोक्नुपर्ने उनिहरुको तर्क रहेको पाइन्छ ।
एनिमल राइटस क्लबकी अध्यक्ष स्मृति श्रेष्ठले चितवन नेकपा अध्यक्ष यमबहादुर परियार मार्फत केन्द्रिय अध्यक्ष तथा हात्ति महोत्सवका प्रमुख अतिथिलाइ दिइएको चिठी सार्वजनिक गर्दै हात्तीलगायत वन्यजन्तुलाई यातना दिएर मनोरन्जन लिने र त्यसबाट अन्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षण गर्ने आधुनिक समाजलाई नसुहाउने बताउनुभयो ।
लामो समयदेखि पशुअधिकारको पक्षमा आवाज उठाइरहेको समुहसँग विगत वर्षहरुमा पटकपटक वर्ता गरेर हात्ति दौडलाई फास्ट वाक बनाउँदै हात्तिको वनभोज लगायतको कार्यक्रम समावेश गरेर केही संवेदनशिल देखिन खोजेको बताइएको छ ।
आयोजकले यस वर्ष देखिन् झन् निर्मम बन्दै विगतमा हटाइ सकेका जोखिमपूर्ण खेलहरु थप्नु र संसारभर आलोचित यस महोत्सवमा पूर्व प्रधानमन्त्रीलाइ नै प्रमुख अतिथि बनाएर आफ्नो दम्भ मात्र प्रस्तुत गर्न खोजेको देखिएको सुराजन श्रेष्ठ बताउनुहुन्छ । हात्ती महोत्सवको बेलामा मात्र विरोध गर्ने भनेर पशुअधिकार कर्मीहरुको भनाइलाई आयोजकहरुले भने खासै महत्व लिएको पाइदैँन ।
युरोपियन र अमेरिकनहरुले हात्ति सफारी लगायत यस्ता महोत्सवलाइ त्यति ध्यान नदिए पनि चीनिया, भारतिय तथा आन्तरिक पर्यटकको लागि यो आकर्षणको प्याकेज रहेको आयोजकहरुको तर्क रहेको छ । तर संसार भर यस्ता पशुलाई यातना दिएर हुने महोत्सवले नेपालको नकरात्मक प्रचार मात्र भइरहेको संरक्षणकर्मी तथा पशुअधिकारकर्मीहरुको एकमत रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए
२०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...
धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...
‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...
सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...
Top