नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


२९ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी औद्योगिक नगरीको रुपमा परिचित मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आजको बैठकले मकवानपुरको हेटौंडामा प्रदेश नम्बर ३ को राजधानी राख्ने र यो प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो ।

यसअघि नेकपामा प्रदेश नम्बर ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा एकमत थिएन । नेकपा बन्नुअघिको तत्कालीन माओवादी र एमालेका नेताहरुबीच प्रदेश नम्बर ३ को राजधानी र नामका विषयमा मतैक्यता हुन सकेको थिएन ।

दुई पार्टीबीच एकता भएपछि पनि कतिपय नेताहरुले काठमाडौंलाई नै राजधानीको रुपमा राख्नुपर्नेमा जोड दिएका थिए भने कतिपय नेताले हेटौंडा र कतिले काभ्रे तथा भक्तपुरलाई केन्द्र बनाउनुपर्ने बताउँदै आएका थिए ।

बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा सम्बन्ध पार्टी निकायलाई समेत राजधानी र प्रदेशको नामको विषयमा जानकारी गराउने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा विगत २ वर्षदेखि नेकपाले निर्णय गर्न सकेको थिएन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

२०७७ भाद्र १ गते सोमबार

१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष ‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

Top