Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी औद्योगिक नगरीको रुपमा परिचित मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आजको बैठकले मकवानपुरको हेटौंडामा प्रदेश नम्बर ३ को राजधानी राख्ने र यो प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो ।
यसअघि नेकपामा प्रदेश नम्बर ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा एकमत थिएन । नेकपा बन्नुअघिको तत्कालीन माओवादी र एमालेका नेताहरुबीच प्रदेश नम्बर ३ को राजधानी र नामका विषयमा मतैक्यता हुन सकेको थिएन ।
दुई पार्टीबीच एकता भएपछि पनि कतिपय नेताहरुले काठमाडौंलाई नै राजधानीको रुपमा राख्नुपर्नेमा जोड दिएका थिए भने कतिपय नेताले हेटौंडा र कतिले काभ्रे तथा भक्तपुरलाई केन्द्र बनाउनुपर्ने बताउँदै आएका थिए ।
बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा सम्बन्ध पार्टी निकायलाई समेत राजधानी र प्रदेशको नामको विषयमा जानकारी गराउने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा विगत २ वर्षदेखि नेकपाले निर्णय गर्न सकेको थिएन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक...
‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ
२०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...
पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...
छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड
२०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...
Top