खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ भने तपाईँको लागि उपयुक्त गन्तव्य बन्नसक्छ, सोलुखुम्बुको खुम्जुङ्ग भ्याली । सोलुखुम्बुको खुम्जुङ्ग भ्याली नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा पर्दछ । सगरमाथा आधार शिविरतर्फ लम्किँदा बाटोमा पर्ने यो खुम्जुङ्ग भ्यालीका लगभग सबै घरहरु हरियो जस्ता पाताले छाइएका छन्, त्यसैले यसलाई ‘ग्रीन भ्याली’ भन्ने गरिएको हो । यहाँका शेर्पा समुदाय जसले अहिले पनि यो विकट गाउँमा बसेर देश विदेशका पर्यटकहरुलाई आत्मिय स्वागत र सत्कार गरिरहेका छन् । भौगोलिक रुपमा अत्यन्तै विकट यो ठाउँमा तत्काल सडक मार्ग पुग्ने कुनै सम्भावना देखिँदैन । तरपनि खुम्जुङ्ग र खुम्जुङ्गबासीको माया, प्रेम र पर्यटकप्रति देखाउने सद्भावले यहाँ पुग्ने जो सुकैलाई पनि यो ठाउँ छोड्न मन लाग्दैन । त्यसैले कठिन यात्रा गरेर यहाँ पुग्ने पर्यटकले यसलाई स्वर्ग समान ठान्ने गरेका छन् । यहाँ पुग्दा आफ्ना सबै दुःखहरु हराएको महशुस पर्यटकले गर्दछन् ।

कसरी पुग्ने खुम्जुङ्ग ?
काठमाडौंबाट मुख्य गरेर २ वटा बाटो भएर खुम्जुङ्ग भ्याली पुग्न सकिन्छ । पहिलो बाटो काठमाडौंबाट सडकमार्ग हुँदै सोलखुम्बुको सल्लेरी बजारसम्म गाडीमा जान सकिन्छ । त्यहाँबाट हिँडेर लुक्ला विमानस्थल हुँदै खुम्जुङ्ग पुगिन्छ । अर्को काठमाडौंबाट हवाईजहाजमा रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला विमानस्थलसम्म जाने र त्यसपछि लुक्लाबाट हिँडेर खुम्जुङ्ग पुग्न सकिन्छ । विस्तारै हिँड्नेहरुले ३ दिनमा आरामसँग खुम्जुङ्ग पुग्न सक्छन् भने फटाफट हिँड्ने करिब साढे २ दिनमै खुम्जुङ्ग पुग्छन् ।

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ लम्कने पदयात्रामा विस्तारै अघि बढ्दै जाँदा स्थानीय शेर्पा समुदायको बस्तीबाट, जंगलको बाटो हिँड्दै, खोला तर्दै, पहाड चढ्दै स्थानीय फाग्दिङ्ग बजार पुगिन्छ । यसबीचमा भेटिने विदेशी तथा स्वदेशी पर्यटक, भारी बोकेर अघि बढेका खच्चड तथा स्थानीय भेषभूषामा सजिएका स्थानीय वासिन्दा । वातावरण नै लोभलाग्दो देखिन्छ । पहाडका साँघुरा बाटोमा होसियारी पूर्वक विस्तारै अघि बढ्दै जाँदा स्थानीय स्तरमा चर्चित रहेको फागदिङ्ग बजार पुगिन्छ, जहाँ सुविधा सम्पन्न होटल तथा लजहरु छन् । त्यही आराम गरेर स्थानीय स्तरमा उत्पादन हुने लोकल परिकारको स्वाद लिन सकिन्छ ।

लोकल ढिँडो, लोकल कुखुराको मासु तथा स्थानीय स्तरमा उत्पादन हुने लोकल तरकारीको स्वाद जिब्रोमै झुण्डने खालको हुन्छ । त्यो रात त्यहि सुतेर भोलिपल्ट बिहान फागदिङ्गबाट विस्तारै अघि बढ्दा स्थानीय मोञ्जु बजारमा पुगिन्छ । बिहानको खाजा (बेक्रफास्ट) यही बजारमा गर्दा उपयुक्त हुन्छ । किनभने मोन्चुबाट माथि लागेपछि नाम्चे नपुगुञ्जेल खासै बजार भेटिँदैन । त्यसपछि सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै अघिबढ्दा करिब ४ घण्टामा सोलुखुम्बुको चर्चित नाम्चे बजार पुगिन्छ । पहाडको काखमा रमेर बसेको नाम्चेबजारको सुन्दरतालाई शब्दमा वर्णन गर्न सकिँदैन । कुनै चित्रकारले कोरेको चित्रजस्तो लाग्ने नाम्चेबजारका अधिकांश घरहरु एउटै बनोटका देखिन्छन् ।

त्यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरु देख्न पाईने भएकोले यो ठाउँमा पुगेपछि मन अझ बढी आनन्दित हुन्छ । सुन्दर बस्ती तथा यहाँका गुरुङ्ग, तामाङ् तथा शेर्पा समुदायको आ–आफ्नो संस्कृति, पहिचान र भेषभुषा । पर्यटकहरु यसैमा लठ्ठ पर्दछन् । नाम्चे बजारमा अक्सर गरेर चिसो हुने गर्दछ । विशेषतः सगरमाथा आधारशिविर जानेहरु यो बजारहुँदै अघिबढ्छन् । बैशाख जेठदेखि वर्खायाम शुरु नहुञ्जेल यो ठाउँमा पुग्ने उपयुक्त मौसम हो । तर पर्यटकहरु भदौ असोजताका पनि यो ठाउँमा जाने गर्दछन् । तर तिहार पछि चिसो बढेपछि भने यो ठाउँमा पुग्न कठिन हुन्छ ।

नाम्चेमा सुविधासम्पन्न देखि सामान्य होटलहरु पनि छन् । तुलनात्मक रुपमा नाम्चे नेपाली पर्यटकहरुका लागि केही महंगो छ । भौगोलिक विकटका कारण यहाँ पु¥याउने सामग्री कि भरियालाई बोकाएर, कि खच्चडमा राखेर वा हेलिकोप्टरबाट पु¥याईने भएकोले यहाँ खानेकुरादेखि अन्य सामानको मूल्य बढी छ । नाम्चेमा रात विताएर भोलिपल्ट नाम्चेबजारबाट करिब डेढ घण्टाको ठाडो उकालो हिँडेपछि आइपुग्छ खुम्जुङ्ग बजार । बाटोमा भेटिने खच्चड, बटुवा तथा पर्यटकका कारण बाटो काटेको पत्तै पाईँदैन । पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीले बनाइएदिएको विद्यालय, बौद्ध चैत्य, गुम्बालगायतको बीचमा रहेको खुम्जुङ्ग भ्याली नै ‘ग्रिन भ्याली’ को रुपमा परिचित छ ।

यहाँ पुगेपछि यहाँबाट देखिने हिमाल तथा अन्य पहाडको दृष्यले मन नै शान्त बनिदिन्छ । हिमाली भूभाग भएका कारण यहाँ हरियाली कमै देखिन्छ । तै पनि खुम्जुङ्गीको आत्मिय माया, प्रेम तथा सद्भावले त्यहाँ पुग्ने जो सुकैलाई पनि मोहनी लगाईदिन्छ । खुम्जुङ्गमा सुविधासम्पन्न होटल नभएपनि रात विताउन राम्रै होटलमा कोठाहरु पाईन्छ । खुम्जुङ्ग पुगेपछि त्यहाँबाट सगरमाथा आधार शिविरतर्फ पनि अघि बढ्न सकिन्छ । यहाँबाट आधार शिविर पुग्न करिब ५ दिन समय लाग्दछ । आधारशिविर तर्फ अघि नबढ्ने हो भने पुनः सोही बाटो भएर फर्कन सकिन्छ ।

के के लैजाने ?
खुम्जुङ्ग जानको लागि हिमाली क्षेत्रमा यात्रा गर्दा चाहिने लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य बस्तु बोक्नुपर्दछ । राम्रो खालको ट्रेकिङ्ग सुज, ज्याकेट, टोपी, सन्स क्रिम, पानी, चकलेट, केही प्याकेट विस्कुट तथा चाउचाउलगायत बोक्दा राम्रो हुन्छ । यस्तै हिमाली क्षेत्र भएकोल लेकसमेत लाग्न सक्ने हुनाले केही पोटी लसुन तथा अन्य औषधीहरु बोक्नु बुद्धिमानी हुनेछ ।

कति लाग्छ खर्च ?
काठमाडौंबाट विभिन्न ट्रेकिङ्ग कम्पनीले सो ठाउँमा जानका लागि ट्रेकिङ्ग प्याकेज पनि बेच्ने गरेका छन् । जुन समय अनुसार फरक हुन्छ । यस्तै गाडीमा जाने वा हवाईजहाज, त्यसले पनि त्यसको खर्च निर्धारण गर्दछ । तर सामान्यतया एक व्यक्तिको लागि १५ देखि २० हजारसम्म रकम लिएर जाँदा गाडीबाट खुम्जुङ्ग पुग्न सकिन्छ । हिमाली क्षेत्र त्यसमा पनि बहुचर्चित सगरमाथा आधार शिविर जाने बाटो भएकोले यस क्षेत्रमा खाना तथा बस्न महंगो छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने ३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने

२०७७ आश्विन २० गते मंगलबार

०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...

सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा :  जसमा ३ छोरी, १ छोरा सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...

Top