फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो

Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार


१५ अप्रिल, २०२०
पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइसरको संक्रमणले भयाबह रुप लिँदै गएको छ । बुधबार फ्रान्समा हालसम्म सबैभन्दा धेरैको ज्यान गएको छ । कोरोनाका कारण बुधबार फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

यो संख्या फ्रान्समा कोरोनाबाट एकै दिन ज्यान गुमाएको हालसम्मको सबैभन्दा धेरै संख्या हो । यसअघि अप्रिल ७ का दिन फ्रान्समा १ हजार ४ सय १७ जनाले ज्यान गुमाएका थिए भने अप्रिल २ मा १ हजार ३ सय ५५ जनाको ज्यान कोरोनाको संक्रमणबाट गएको थियो । यस्तै अप्रिल ९ मा १ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका थिए ।

अप्रिल ९ यता ज्यान गुमाउनेको संख्या निक्कै कम भएपनि आज फेरि ह्वात्तै बढेको छ । मृतक मध्ये ५ सय १४ जनाको अस्पतालमा र ९ सय २४ जनाको निजी निवास तथा बृद्दाश्रममा ज्यान गएको फ्रान्सका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्समा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४७ हजार ८ सय ६३ पुगेको छ । यस्तै आज (बुधबार) मात्रै ४ हजार ५ सय ६० जना नयाँ संक्रमित भेटिएका छन् । फ्रान्समा हालसम्म कोरोनाका कारण १७ हजार १ सय ६७ जनाको ज्यान गएको छ । यस्तै ३० हजार ९ सय ५५ जना उपचारपछि घर फर्केका छन् । फ्रान्समा ६ हजार ४ सय भन्दा बढी गम्भीर विरामी छन् । फ्रान्स विश्वमै कोरोना प्रभावित चौथो राष्ट्र हो ।

हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमा अमेरिका एक नम्बरमा रहेको छ भने इटली दुई नम्बरमा, स्पेन तीन नम्बरमा र फ्रान्स चौथो नम्बरमा रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त ३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...

मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय...

सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव ! कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...

Top