Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२०
पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइसरको संक्रमणले भयाबह रुप लिँदै गएको छ । बुधबार फ्रान्समा हालसम्म सबैभन्दा धेरैको ज्यान गएको छ । कोरोनाका कारण बुधबार फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् ।
यो संख्या फ्रान्समा कोरोनाबाट एकै दिन ज्यान गुमाएको हालसम्मको सबैभन्दा धेरै संख्या हो । यसअघि अप्रिल ७ का दिन फ्रान्समा १ हजार ४ सय १७ जनाले ज्यान गुमाएका थिए भने अप्रिल २ मा १ हजार ३ सय ५५ जनाको ज्यान कोरोनाको संक्रमणबाट गएको थियो । यस्तै अप्रिल ९ मा १ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका थिए ।

अप्रिल ९ यता ज्यान गुमाउनेको संख्या निक्कै कम भएपनि आज फेरि ह्वात्तै बढेको छ । मृतक मध्ये ५ सय १४ जनाको अस्पतालमा र ९ सय २४ जनाको निजी निवास तथा बृद्दाश्रममा ज्यान गएको फ्रान्सका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फ्रान्समा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४७ हजार ८ सय ६३ पुगेको छ । यस्तै आज (बुधबार) मात्रै ४ हजार ५ सय ६० जना नयाँ संक्रमित भेटिएका छन् । फ्रान्समा हालसम्म कोरोनाका कारण १७ हजार १ सय ६७ जनाको ज्यान गएको छ । यस्तै ३० हजार ९ सय ५५ जना उपचारपछि घर फर्केका छन् । फ्रान्समा ६ हजार ४ सय भन्दा बढी गम्भीर विरामी छन् । फ्रान्स विश्वमै कोरोना प्रभावित चौथो राष्ट्र हो ।

हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमा अमेरिका एक नम्बरमा रहेको छ भने इटली दुई नम्बरमा, स्पेन तीन नम्बरमा र फ्रान्स चौथो नम्बरमा रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना...
मध्यराति पोखरामा भूकम्पको धक्का
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...
२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...
Top