Best Khabar Team | २०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक शुरु हुन अब केही घण्टामात्रै बाँकी छ । सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरेको पर्यटन भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा विभिन्न स्थानमा आ–आफ्नै तवरले कार्यक्रमहरु सञ्चालन भै रहेका छन् ।

यही क्रममा काठमाडौंको पर्यटकीय नगरी ठमेलका व्यवसायीहरुले आज एक कार्यक्रम गरी पर्यटन भ्रमण वर्ष २०२० को औपचारिक स्वागत गरेका छन् । उनीहरुले काठमाडौंको ठमेलस्थित नरसिंह चोकमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नरसिंह चोकमा भ्रमणवर्षको लोगो अंकित मण्डला बनाएर दीप प्रज्वलन गरी भ्रमणवर्षको स्वागत गरेका हुन् ।

उनीहरुले पर्यटकहरुलाई सेवा तथा सुविधा दिन आफूहरु तयार रहेको सन्देश समेत दिएका छन् । त्यस क्रममा ठमेल क्षेत्रमा रहेका घरधनीहरु, व्यवसायी, पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थालगायतको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रमको मुख्य अतिथि पर्यटन मन्त्री योगेश भट्टराई रहनुभएको थियो । उहाँले पर्यटन भ्रमणवर्ष लाई सफल पार्न पर्यटन व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि सक्दो सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...
नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना
२०७६ चैत्र २९ गते शनिबार
११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
Top