Best Khabar Team | २०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक शुरु हुन अब केही घण्टामात्रै बाँकी छ । सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरेको पर्यटन भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा विभिन्न स्थानमा आ–आफ्नै तवरले कार्यक्रमहरु सञ्चालन भै रहेका छन् ।

यही क्रममा काठमाडौंको पर्यटकीय नगरी ठमेलका व्यवसायीहरुले आज एक कार्यक्रम गरी पर्यटन भ्रमण वर्ष २०२० को औपचारिक स्वागत गरेका छन् । उनीहरुले काठमाडौंको ठमेलस्थित नरसिंह चोकमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नरसिंह चोकमा भ्रमणवर्षको लोगो अंकित मण्डला बनाएर दीप प्रज्वलन गरी भ्रमणवर्षको स्वागत गरेका हुन् ।

उनीहरुले पर्यटकहरुलाई सेवा तथा सुविधा दिन आफूहरु तयार रहेको सन्देश समेत दिएका छन् । त्यस क्रममा ठमेल क्षेत्रमा रहेका घरधनीहरु, व्यवसायी, पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थालगायतको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रमको मुख्य अतिथि पर्यटन मन्त्री योगेश भट्टराई रहनुभएको थियो । उहाँले पर्यटन भ्रमणवर्ष लाई सफल पार्न पर्यटन व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि सक्दो सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण...
विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...
उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...
धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...
Top