Best Khabar Team | २०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०
काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग हवाई सम्बध जोडिएका सबै देशबाट हुने अन्तर्राष्ट्रिय उडानलाई पुर्ववत रुपमा उडान भर्न अनुमति दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गरेको यो निर्णयसँगै अब छिमेकी मुलुक भारतलगायतका देशबाट नेपालमा हुने सबै अन्तराष्टिय उडानहरु नियमित हुने भएको छ ।

यद्यपि कतिपय देशले ती देशमा कोरोना संक्रमण विद्यमान रहेका कारण तत्काल नेपालका लागि नियमित उडान भर्ने सम्भावना भने रहेको छैन । यात्रु संख्याको अभाव र कोरोना संक्रमणको जोखिमलगायतका कारण कतिपयदेशले तत्काल नेपालमा नियमित उडान सञ्चालन गर्न नसकिने विषयमा नेपाल नागरिक प्राधिकरण र पर्यटन मन्त्रालयमाफर्लत् नेपाल सरकारलाई जानकारी गराईसकेको बताइएको छ ।
कोराना भाइरसको संक्रमणका कारण सरकारले गएको चैत्र पहिलोसातादेखि छिमेकी मुलुक भारतलगायत विश्वका विभिन्न मुलकबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडान तत्कालका लागि रोक्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा देशभर भएको लकडाउनका कारण बन्द गरिएको विदेशी उडान मध्ये गएको भदौ १६ गतेदेखि विभिन्न देशबाट हुने उडानहरुलाई आंशिक रुपमा खुल्ला गर्ने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयसँगै केही देशले कडा मापदण्डलाई पालना गर्दै नेपालमा उडान भरिरहेका थिए । सरकारको हालैको यो निर्णयपछि भने अब नेपालमा अन्र्तराष्ट्रिय उडान अनुमति पाएका सबै देशको अन्र्तराष्ट्रिय विमानले अब नियमत अनुसार नेपालमा उडान भर्न पाउने भएका छन् ।

प्राधिकरणका अनुसार अहिलेसम्म विश्वका करिब डेढ दर्जन मुलुकका २ दर्जन बढी स्थानबाट नेपालका लागि व्यवसायिक उडानका लागि अन्र्तराष्ट्रिय उडान कम्पनीहरुले अनुमति लिएका छन् । यसरी उडान भर्ने विमानबाट नेपाल आउने विदेशी पर्यटकहरुलाई भने १ साता अनिवार्य रुपमा होटल आइसोलेसन बस्नुपर्ने व्यवस्था सरकारले गरेको छ । कोरोना भाइरसको कारण अन्र्तराष्ट्रिय उडानहरु सञ्चालन नहुँदा नेपाल आउने विदेशी पर्यटकको संख्या सुन्य प्राय भएको छ । जसका कारण नेपालको पर्यटन उद्योग धरासायी बनेको छ ।
पर्यटन व्यवसायीहरुले यसअघि नै सरकारलाई निश्चित मापदण्ड पुरा गरेर अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अनुरोध गरेको भएपनि सरकारले हालै मात्रै अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए
२०७६ असार ५ गते बिहिबार
२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...
कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन
२०७६ फाल्गुन १७ गते शनिबार
२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...
भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...
काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...
Top