नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

Best Khabar Team | २०७६ चैत्र २९ गते शनिबार


काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको प्रयास तुलनात्मक रुपमा उत्साहप्रद रहेको छ । भलै सरकारले १ साता ढिलो गरी अन्र्तराष्ट्रिय उडान तथा लकडाउन गरेको भएपनि अहिलेसम्म चालेका अधिकांश कामहरु सन्तोषजनक रहेको छ । सरकारले हाल छिमेकी मुलुकसँगको सिमा नाकादेखि अन्र्तराष्ट्रिय क्षेत्रबाट नेपालमा हुने यात्रुबाहक विमानहरुको उडान, एक जिल्ला र प्रदेशबाट अर्को जिल्ला तथा प्रदेशमा चल्ने सार्वजनिक गाडीहरु बन्द गरेको छ ।

यस्तै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न पनि सरकारले रोक लगाएको छ । देशका सबै विद्यालय, क्याम्पस बन्दछन् । होटल तथा रेस्टुरेन्ट समेत बन्द भएका छन् । अझ भनौ सिँगो देश नै लकडाउनको अवस्थामा छ । सरकारले सिँगो देशलाई लकडाउनमा राखेर नेपाल आएका र कोरोनाको संक्रमणकाृ आशंका भएकाहरुलाई यतिबेला क्वारेन्टाइनमा राखेर उपचार थालेको छ । यसबीचमा हालसम्म कोरोनाको आशंकामा स्वाब परीक्षण गरिएका मध्ये ८ जनामा मात्रै संक्रमण देखिएको र उनीहरु उपचारमा छन् । बाँकी १ जना सफल उपचारपछि घर फर्केका छन् ।

विश्वका विभिन्न मुलुक र नेपालको तुलना गर्ने हो भने युरोप र अमेरिकाको तुलनामा नेपालमा लकडाउन निक्कै प्रभावकारी बनेको छ । युरोप र अमेरिकामा अहिले पछि कतिपय होटल तथा रेस्टुरेन्ट खुल्ला छन् । कोरोना प्रभावित भएर सरकारले इमरजेन्सी लागू गरेको भएपनि युरोपका कतिपय देशका सडकमा गाडीहरु सञ्चालन भै रहेका छन् ।

भलै ती देशका रात्रीकालीन बजार, धेरै मानिसहरु भेला भएर खेलाइने फुटबल, टेबल टेनिस, भलिबललगायतका खेलहरु बन्दछन्, केही देशमा होटल तथा रेस्टुरेन्ट समेत पूर्ण रुपमा बन्द भएका छन् । विद्यालय र क्याम्पसहरुले अहिले अनलाईनमा कक्षा सञ्चालन गरिरहेका छन् । तरपनि सडक तथा डिपार्टमेन्टल स्टोरहरुमा मानिहरुको चाप बाक्लै देखिने गरेको विभिन्न सञ्चारमाध्यमहरुले तस्वीर भिडियोसहितका समाचार सार्वजनिक गरेका छन् ।

तर नेपालमा अत्यावश्यकीय सेवामा रहेकाहरुबाहेक अन्यलाई घरबाहिर निस्कन र चोच तथा गल्लीमा भेला हुनसमेत दिइएको छैन । जसले गर्दा कोरोना संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब खुल्ला सिमाको फाइदा उठाउँदै भारतबाट नेपाल आउने नेपाली तथा भारतीयहरुलाई रोक्न सकेको खण्डमा नेपाल तत्कालका लागि कोरोनाको जोखिमबाट धेरै हदसम्म टाढा हुने अनुमान गर्न सकिन्छ ।

तर छिमेकी मुलुकमा कोरोना बढी रहेको सन्दर्भमा तत्काल सीमा खुल्ला गरिए र उनीहरुलाई सिमाको बाटो हुँदै नेपाल प्रवेश गर्न दिएको अवस्थामा भने नेपालले सँधै जोखिम मोल्नुपर्ने देखिएको छ । त्यसो त प्रधानमन्त्रीले आज सबै प्रदेशका प्रमुखहरुसँगको छलफलमा तत्कालका लागि सिमा नखुल्ने तथा सिमावर्ती क्षेत्रको १ किलोमिटरमा २ जनाका दरले सशस्त्र प्रहरी परिचालन गर्ने बताएका छन् ।

अन्र्तराष्ट्रिय मुलुकबाट आउने यात्रुबाहक विमानहरुलाई सरकारले आगामी अप्रिल ३० तारिखसम्मको लागि रोक लगाउने निर्णय गरिसकेको छ । यसका अलावा सरकारले साँच्चै सिमा क्षेत्रबाट नेपाल आउनेहरुलाई तत्कालका लागि रोक्न सकेको खण्डमा कोरोना नियन्त्रण हुने देखिएको छ । नेपालसँग प्राप्त साधनस्रोत अनुसार विश्वका विभिन्न देशका तुलनामा नेपाल सरकारले गरेको यो प्रयास साँच्चै नै प्रशंसनीय छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

Top