Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । यसअघि सरकारले परीक्षा केन्द्रहरुमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भएपनि २५ जना भन्दा बढी एकैठाउँमा भेला हुन नपाउने सरकारकै अर्को निर्णयसँग परीक्षा गर्ने विषय बाझिएको थियो ।
यस्तै अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्दा यसले विद्यार्थीको मानसिक तथा स्वास्थ्यमा पार्नसक्ने खतरा र यसबाट आउने परीक्षाको परिणामलार्ई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । परीक्षा रोकिएपनि अर्को परीक्षा कहिले गर्ने भन्ने विषयमा निर्णय भने भै सकेको छैन ।

यथास्थितिमा परीक्षा सञ्चालन गर्दा विद्यार्थी तथा अभिभावक सबैमा मानसिक तनाव हुने तथा उनीहरुको स्वास्थ्यपनि जोखिममा पर्ने भन्दै तत्काल परीक्षा सार्नका लागि यसअघि सरकार र परीक्षा बोर्डलाई चौतर्फी दबाब परेको थियो । सरकारले आवश्यक तयारी तथा स्वास्थ्य डेक्स नै स्थापना गरी परीक्षाको तयारी गरेको भएपनि यसमा विद्यार्थी तथा अभिभावकले सन्तुष्टि नजनाएपछि आज साँझ सरकारले यो निर्णय लिएको हो ।
कोरोना भाइरसको प्रकोपले विश्वव्यापी असर पारिरहेको सन्दर्भमा अन्तिम समयमा आएर एसइई परीक्षा स्थगित हुँदा ५ लाख परीक्षार्थी प्रभावित बनेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...
भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
Top