कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

Best Khabar Team | २०७६ फाल्गुन १७ गते शनिबार


२९ फ्रेब्रुअरी, २०२०
काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकाले विशेष सावधानी अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सरोकारवालाहरुबीच भएको छलफलमा मध्य एसिया र युरोपमा समेत महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन भारत र चीनको सिमा नाका तथा काठमाडौं विमानस्थलमा विशेष सर्तकता अपनाउने सहमति भएको छ ।

यसका लागि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसम्मिलित समिति गठन गरेको छ । समितिले नेपालसँग हवाई उडान जोडिएका देशमा कोरोनाको अवस्था बुझ्ने र त्यसअनुसार हवाई उडान तत्कालका लागि बन्द गर्ने वा नगर्ने भन्ने विषय टुंगो लगाउने भएको छ । समितिलाई कोरोनाको रोकथाम र पूर्व तयारीका लागि आवश्यक पर्ने औषधी, उपकरणलगायत यथेष्ट मात्रामा स्टक राख्न पनि बैठकले निर्देशन दिएको छ । यसअघि पर्यटनमन्त्रीले नेपाललाई कोरोनामुक्त देशको रुपमा घोषणा गरेको भएपनि विश्वस्वास्थ्य संगठनले नेपाल कोरोनाको जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारी गर्न नेपालको ध्यानाकर्षण गराएको थियो ।

नेपालमा हालसम एकजनामा कोरोनाको संक्रमण देखिएको भएपनि उपचार पछि उनी घर फर्किसकेका छन् । त्यसपछि नेपालमा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छैनन् । तर कोरोनाको उद्गम थलो चीनसँग जोडिएको नेपालमा दैनिक चीनहुँदै सयौं नागरिकहरु हवाईमार्गबाट नेपाल आउने गरेका कारण नेपाल जोखिममै छ । यस्तै भारतबाट पनि सयौंको संख्यामा विदेशी पर्यटक तथा नागरिकहरु दैनिकरुपमा नेपाल आउजाउ गर्ने गरेका कारण यो रोगको संक्रमणको हिसावले नेपाल जोखिमपूर्ण देशको रुपमा रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए २४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन्  तत्काल बन्द नहुने सेवाहरु कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि… नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...

Top