Best Khabar Team | २०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०
काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकाले विशेष सावधानी अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सरोकारवालाहरुबीच भएको छलफलमा मध्य एसिया र युरोपमा समेत महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन भारत र चीनको सिमा नाका तथा काठमाडौं विमानस्थलमा विशेष सर्तकता अपनाउने सहमति भएको छ ।
यसका लागि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसम्मिलित समिति गठन गरेको छ । समितिले नेपालसँग हवाई उडान जोडिएका देशमा कोरोनाको अवस्था बुझ्ने र त्यसअनुसार हवाई उडान तत्कालका लागि बन्द गर्ने वा नगर्ने भन्ने विषय टुंगो लगाउने भएको छ । समितिलाई कोरोनाको रोकथाम र पूर्व तयारीका लागि आवश्यक पर्ने औषधी, उपकरणलगायत यथेष्ट मात्रामा स्टक राख्न पनि बैठकले निर्देशन दिएको छ । यसअघि पर्यटनमन्त्रीले नेपाललाई कोरोनामुक्त देशको रुपमा घोषणा गरेको भएपनि विश्वस्वास्थ्य संगठनले नेपाल कोरोनाको जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारी गर्न नेपालको ध्यानाकर्षण गराएको थियो ।
नेपालमा हालसम एकजनामा कोरोनाको संक्रमण देखिएको भएपनि उपचार पछि उनी घर फर्किसकेका छन् । त्यसपछि नेपालमा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छैनन् । तर कोरोनाको उद्गम थलो चीनसँग जोडिएको नेपालमा दैनिक चीनहुँदै सयौं नागरिकहरु हवाईमार्गबाट नेपाल आउने गरेका कारण नेपाल जोखिममै छ । यस्तै भारतबाट पनि सयौंको संख्यामा विदेशी पर्यटक तथा नागरिकहरु दैनिकरुपमा नेपाल आउजाउ गर्ने गरेका कारण यो रोगको संक्रमणको हिसावले नेपाल जोखिमपूर्ण देशको रुपमा रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...
गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी
२०८० कार्तिक २ गते बिहिबार
१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका...
Top