Best Khabar Team | २०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०
काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम चितुवा’ को उपाधी पाएका विख्यात आरोही आङरिता शेर्पाको आज निधन भएको हो । ७२ वर्षका आरोही शेर्पाको काठमाडौंको जोरपाटीस्थित आफ्नै छोरीको घरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उनले विगतमा १० पटकसम्म अक्सिजन (सिलिण्डरको साहारा) नलिइकनै सगरमाथा आरोहण गरेर विश्व किर्तिमान समेत राखेका उनले अन्तिम पटक सन् १९९६ मा विना अक्सिजन सगरमाथाको आरोहण गरेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथा बाहेक नेपालकै अन्य दर्जनौं हिमाल तथा पाकितानको माउन्ट केटुसमेत अक्सिजन विना नै आरोहण गरिसकेका थिए ।
उनले पहिलो पटक सन् १९८३ मा सगरमाथामा पहिलो पटक अक्सिजन विना आरोहण गरेका थिए । स्वर्गीय शेर्पाका तीन छोरा र एक छोरी रहेका छन् । हिमाल आरोहणकै बेला बिरामी भएका उनी पछिल्ला वर्षहरुमा विभिन्न समस्याबाट थलिएर घरमै आराम गरिरहेका थिए । उनको बौद्ध परम्परा अनुसार केहीदिनभित्रै अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...
प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)
२०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...
Top