७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा

Best Khabar Team | २०७७ आश्विन ५ गते सोमबार


२२ सेप्टेम्बर, २०२०
काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम चितुवा’ को उपाधी पाएका विख्यात आरोही आङरिता शेर्पाको आज निधन भएको हो । ७२ वर्षका आरोही शेर्पाको काठमाडौंको जोरपाटीस्थित आफ्नै छोरीको घरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उनले विगतमा १० पटकसम्म अक्सिजन (सिलिण्डरको साहारा) नलिइकनै सगरमाथा आरोहण गरेर विश्व किर्तिमान समेत राखेका उनले अन्तिम पटक सन् १९९६ मा विना अक्सिजन सगरमाथाको आरोहण गरेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथा बाहेक नेपालकै अन्य दर्जनौं हिमाल तथा पाकितानको माउन्ट केटुसमेत अक्सिजन विना नै आरोहण गरिसकेका थिए ।

उनले पहिलो पटक सन् १९८३ मा सगरमाथामा पहिलो पटक अक्सिजन विना आरोहण गरेका थिए । स्वर्गीय शेर्पाका तीन छोरा र एक छोरी रहेका छन् । हिमाल आरोहणकै बेला बिरामी भएका उनी पछिल्ला वर्षहरुमा विभिन्न समस्याबाट थलिएर घरमै आराम गरिरहेका थिए । उनको बौद्ध परम्परा अनुसार केहीदिनभित्रै अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ

२०७६ पुष १६ गते बुधबार

शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो,...

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

Top