सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार


१२ फेब्रुअरी, २०२०
चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको सामुहिक विरामीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि जुगल गाउँपालिकाले कोरोना भाइरससँग मिल्दोजुल्लो लक्षणसहितका दर्जनौं विरामी गाउँमा भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई उनीहरुको परिक्षण गरिदिन आग्रह गरेको थियो ।

तर मन्त्रालयले विषेशज्ञ चिकित्सकको टोलीसहित घटनास्थलमा पुगेर विरामीको परीक्षण गरेकोमा उनीहरुमा कोरोनाको कुनै संक्रमण नभेटिएको जनाएको छ । उनीहरुको हावापानी परिवर्तन हुँदा देखिने मौसमी रुघाखोकी र ज्वरो देखिएको मन्त्रालयको भनाई छ । मन्त्रालयका सचिव खगराज बरालका अनुसार अहिलेसम्म उनीहरुमा देखिएको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भएपनि त्यो मौसमी भाइरस हो ।

मन्त्रालयले कोरोना भाइरसका विरामी नेपालमा नभेटिएको भन्दै यो विषयमा अनावश्यक हल्ला नफैलाउन सबैलाई आग्रह समेत गरेको छ । सिन्धुपाल्चोकको गुम्बा गाउपालिका–८ मा माघ २७ देखि अहिलेसम्म १ सय भन्दा बढी व्यक्तिमा रुघाखोकी र ज्वरोको लक्षण देखापरेको र, यो कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले फेसबुकमा स्टाटस लेखेर सरकारलाई पत्र समेत पठाएको जनाएका थिए ।

त्यो सँगै यसका विषयमा अनावश्यक भ्रम फैलिएपछि मन्त्रालयले सम्बन्धित जिल्लाका चिकित्सकहरुलाई घटनास्थल पठाएर विरामीको परीक्षण गर्न भनेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...

सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...

‘बेस्ट खबर डटकम’ बारेमा ‘बेस्ट खबर डटकम’ बारेमा

२०७४ श्रावण २२ गते आइतबार

हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...

कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित) कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित)

२०७७ फाल्गुन २२ गते शनिबार

नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि...

Top