सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने

Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार


२० जुलाई, २०२०
काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण गत चैत्र पहिलो सातादेखि बन्द रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो ।

यसअघि बेष्टखबर डटकमलाई पर्यटन मन्त्रालय स्रोतले दिएको जानकारी आधारमा हामीले यो समाचार मन्त्रीपरिषद् बैठकअघि नै संप्रेषण गरेका थियौं । गएको चैत्र ११ बाट आन्तरिक उडान रोकिएको भएपनि चैत्र ६ गतेबाट सबै अन्तर्राष्ट्रिय उडान रोकिएको थियो । सरकारले अहिलेको अवस्थामा कोरोना संक्रमितको संख्या घट्दै गएका कारण आगामी भदौ १ बाट हवाई उडान (आन्तरिक तथा बाह्य) सूचारु गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै विदेशमा रोकिएका र विदेश जान नपाएर स्वदेशमै बसेका हजारौं यात्रुलाई प्रत्यक्ष फाइदा पुगेको छ । हाल कोरोनाका कारण भएको लकडाउनका विश्वका विभिन्न देशमा दशौं हजार नेपालीहरु नेपाल फर्कने प्रतिक्षामा छन् । सरकारले लकडाउनका बेला पनि अत्यावश्यक सेवा प्रवाह गर्ने विमानहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको थियो भने चार्डर उडान पनि भै रहेको थियो ।

यस्तै सरकारले आगामी साउन १५ गतेदेखि नेपालका सबै होटलहरुलाई सञ्चालनको अनुमति पनि दिने निर्णय गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

येसु ख्रिस्ट र भगवान कृष्ण ! येसु ख्रिस्ट र भगवान कृष्ण !

२०७६ मंशिर २३ गते सोमबार

विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...

Top