Best Khabar Team | २०८० आश्विन २५ गते बिहिबार
१२ अक्टोबर, २०२३
काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा परेका २ सय ५४ जना नेपाली नागरिकहरुलाई काठमाडौं ल्याएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायल पुगेको सरकारी टोलीले नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमानमार्फत् उनीहरुलाई नेपाल ल्याएको हो । गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी आतंकबादी संगठन हमासको आक्रमणपछि १० जनाको ज्यान गएको थियो ।

घटनापछि उत्पन्न असहज र असुरक्षित परिस्थितिका कारण नेपाल फर्कन चाहेका नेपालीहरुको तथ्यांक सरकारले त्यहाँस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघ इजरायल र अनलाइनमार्फत संकलन गरेको थियो । विशेष गरी इजरायलको कृषि अध्ययन क्षेत्रमा गएको विद्यार्थीहरु हमासको आक्रमणपछि असुरक्षित बनेका थिए । उनीहरुलाई लिएको नेपाल बायुसेवा निगमको बिमान शुक्रबार बिहान साढे १ बजेतिर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विदेश फर्किएकाहरुमा विशेष गरी युद्दग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु रहेका छन् । दुर्घटनामा घाइते भएका केही नेपालीको इजरायलको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । नेपाल फर्कनको लागि लागि मंगलबार अपरान्हसम्म ५ सय ३ जनाको आवेदन परेको भएपनि जोखिममा रहेका र केही घाइतेलाई नेपाल फर्काइएको हो । स्थानीय चिकित्सकको सिफारिसमा ती घाइतेलाई नेपाल फर्काउन अनुमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१७ जना नेपाली विद्यार्थी बसेको एउटा घरमा प्यालेस्टाइनी आतंकबादी समूह हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने विपिन जोशी नाम गरेका एक नेपाली भने अहिलेसम्म वेपत्ता छन् । सो घटनामा ज्यान गुमाएका १० नेपालीको शव ल्याउनका लागि सरकारले इजरायल सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
Top