Best Khabar Team | २०८० आश्विन २५ गते बिहिबार
१२ अक्टोबर, २०२३
काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा परेका २ सय ५४ जना नेपाली नागरिकहरुलाई काठमाडौं ल्याएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायल पुगेको सरकारी टोलीले नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमानमार्फत् उनीहरुलाई नेपाल ल्याएको हो । गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी आतंकबादी संगठन हमासको आक्रमणपछि १० जनाको ज्यान गएको थियो ।

घटनापछि उत्पन्न असहज र असुरक्षित परिस्थितिका कारण नेपाल फर्कन चाहेका नेपालीहरुको तथ्यांक सरकारले त्यहाँस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघ इजरायल र अनलाइनमार्फत संकलन गरेको थियो । विशेष गरी इजरायलको कृषि अध्ययन क्षेत्रमा गएको विद्यार्थीहरु हमासको आक्रमणपछि असुरक्षित बनेका थिए । उनीहरुलाई लिएको नेपाल बायुसेवा निगमको बिमान शुक्रबार बिहान साढे १ बजेतिर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विदेश फर्किएकाहरुमा विशेष गरी युद्दग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु रहेका छन् । दुर्घटनामा घाइते भएका केही नेपालीको इजरायलको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । नेपाल फर्कनको लागि लागि मंगलबार अपरान्हसम्म ५ सय ३ जनाको आवेदन परेको भएपनि जोखिममा रहेका र केही घाइतेलाई नेपाल फर्काइएको हो । स्थानीय चिकित्सकको सिफारिसमा ती घाइतेलाई नेपाल फर्काउन अनुमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१७ जना नेपाली विद्यार्थी बसेको एउटा घरमा प्यालेस्टाइनी आतंकबादी समूह हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने विपिन जोशी नाम गरेका एक नेपाली भने अहिलेसम्म वेपत्ता छन् । सो घटनामा ज्यान गुमाएका १० नेपालीको शव ल्याउनका लागि सरकारले इजरायल सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै
२०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
Top