Best Khabar Team | २०७६ असार ७ गते शनिबार
२२ जुन, २०१९
काठमाडौं । छिमेकी मुलुक भारतको राजस्थान सरकारले आफ्ना प्रदेशको जेष्ठ नागरिकलाई निःशुल्क रुपमा तिर्थाटन गराउने भएको छ । राजस्थान सरकारले ६५ वर्ष उमेर तथा त्यो भन्दा माथि उमेर पुगेका बृद्धबृद्धालाई निःशुल्क रुपमा हवाई जहाज मार्फत् नेपालको प्रमुख पाशुपत क्षेत्रको दर्शन गराउने भएको हो ।
त्यसका लागि सरकारले पशुपतिनाथ दर्शनमा आउन इच्छुक बृद्धबृद्धालाई राजस्थान प्रदेश अन्र्तगतको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको छ । आगमी जुलाई ५ तारिखसम्मका लागि भन्दै आह्वान गरिएको तिर्थाटन कार्यक्रममा सहभागीहरुलाई काठमाडौंसम्म ल्याउने, होटलमा बस्ने, खाने तथा पशुपतिनाथको दर्शन गराउनेलगायका टुर प्याकेजहरु सम्मिलित हुनेछन् ।

स्थानीय पर्यटन तथा तथा देवस्थान मन्त्रालयले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजस्थान सरकारले ६५ वर्ष उमेर लागेका वा त्यो भन्दा माथिका बृद्धबृद्धालाई लक्षित गरी वरिष्ठ नागरिक तीर्थ यात्रा योजना सार्वजनिक गरेसँगै पशुपतिनाथको दर्शनको कार्यक्रम सार्वजनिक भएको हो ।
सरकारले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई यसअघि देशकै विभिन्न तिर्थस्थलहरुमा निशुल्क रुपमा भ्रमण गराउँदै आएको थियो । राज्य सरकारले ५ हजार नागरिकलाई हवाई जहाज र ५ हजार नागरिकलाई रेलमार्फत विभिन्न स्थानमा रहेको तीर्थस्थलको भ्रमण गराउने लक्ष्य राखको बताइएको छ । बृद्धबृद्धासँगै सेवानिवृत्त कर्मचारीपनि यो कार्यक्रममा सहभागी हुन पाउने मन्त्रालयको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति
२०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...
हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...
नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी...
Top