‘गैरकानुनी क्रियाकलापमा संलग्न भएको आशंकामा काठमाडौंबाट दर्जनौं चिनियाँ नागरिक पक्राउ

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार


२३ डिसेम्बर, २०१९
काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ नागरिकले विभिन्न गैरकानुनी कार्य गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले आज काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ । यस क्रममा दर्जनौं चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले काठमाडौंको मनमैजु, बुढानिलकण्ठ, बाँसबारीलगायतका स्थानमा चिनियाँ नागरिकले लिएको घरको खानतलासी लिएर उनीहरुलाई पक्राउ गरेको हो । यद्यपि प्रहरीले पक्राउ परेकाहरुको गैरकानुनी क्रियाकलापको बारेमा भने केही बताएको छैन । पक्राउ परेकाहरुमध्ये अधिकांश चिनियाँ नागरिक पर्यटक भिषामा काठमाडौं आएर विभिन्न किसिमका गैरकानुनी गतिविधिमा संलग्न भएको सूचना प्रहरीले फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

राजधानीको बाँसबारी, बुढालिकण्ठलगायतका स्थानमा चिनियाँ नागरिकले घर नै भाडामा लिएर अज्ञात गतिविधि सञ्चालन गर्दै आइरहेका थिए । मनमैजुस्थित एक ६ तलाको घर भाडामा लिएर करिब ५० भन्दा बढी चिनियाँ नागरिक बस्दै आएका थिए । उनीहरुले सो घरको भाडामात्रै प्रतिमहिना झण्डै २ लाख ५० हजार रुपैयाँ तिर्दै आएको स्रोतको भनाई छ।

यस्तै उनीहरुले एकदर्जन बढी निजी जिप तथा एउटा ४० सिट क्षमताको यात्रुबाहक पर्यटक बस समेत भाडामा लिएका थिए । ती सबै सवारी साधन भाडामा लिँदा उनीहरुले ५ लाख भन्दा बढी रकम सवारी साधनमा मात्रै खर्च गर्ने गरेको स्रोतको भनाई छ । उनीहरुलाई नजिकबाट नियाल्नेहरुका अनुसार उनीहरु ल्यापटमै बसेर काम गरिरहेका देखिन्थे । तर उनीहरु किन र के प्रयोजनका लागि त्यहाँ बसिरहेका छन् भन्ने विषयमा कुनै जानकारी सार्वजनिक राज्य र सुरक्षाकर्मीलाई छैन ।

मनमैजुको एक घर उनीहरुले भाडामा लिएर करिब १ वर्षदेखिदेखि अज्ञात धन्दा सञ्चालन गर्दै आइरहेका थिए । उनीहरु बस्ने घरमा नेपालीहरुलाई पहिलो तल्लाभन्दा माथि प्रवेशमा रोक लगाइएको थियो । स्मरणीय के छ भने केहीसमय अघि काठमाडौंमा काठमाडौंमा विभिन्न एटिएम मेसिनहरु ह्याक गरेर करोडौं रकम निकाल्ने कार्यक्रममा चिनियाँ नागरिहरुनै संलग्न रहेका थिए । उनीहरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक समेत गरेको थियो ।

हाल चितवनको पारस बसपार्क आसपासका क्षेत्रमा पनि दर्जनौं चिनियाँ नागरिकले घर भाडामा लिएर अज्ञात गतिवधि सञ्चालन गर्दै आइरहेका छन् । पक्राउ परेकाहरुको घर खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा ल्यापटप तथा मोबाइलहरु बरामद गरेको छ । ति ल्यापटप तथा मोबाइलको बैज्ञानिक परिक्षणपछि मात्रै उनीहरुले के काम गरिरहेका थिए भन्ने विषयमा तथ्य बाहिर आउने प्रहरीको भनाई छ । अहिलेसम्म प्रहरीले खानतलासी अभियानका क्रममा करिब १ सय जना चिनियाँ नागरिकलाई पक्रेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

Top