Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

२३ डिसेम्बर, २०१९
काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ नागरिकले विभिन्न गैरकानुनी कार्य गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले आज काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ । यस क्रममा दर्जनौं चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले काठमाडौंको मनमैजु, बुढानिलकण्ठ, बाँसबारीलगायतका स्थानमा चिनियाँ नागरिकले लिएको घरको खानतलासी लिएर उनीहरुलाई पक्राउ गरेको हो । यद्यपि प्रहरीले पक्राउ परेकाहरुको गैरकानुनी क्रियाकलापको बारेमा भने केही बताएको छैन । पक्राउ परेकाहरुमध्ये अधिकांश चिनियाँ नागरिक पर्यटक भिषामा काठमाडौं आएर विभिन्न किसिमका गैरकानुनी गतिविधिमा संलग्न भएको सूचना प्रहरीले फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
राजधानीको बाँसबारी, बुढालिकण्ठलगायतका स्थानमा चिनियाँ नागरिकले घर नै भाडामा लिएर अज्ञात गतिविधि सञ्चालन गर्दै आइरहेका थिए । मनमैजुस्थित एक ६ तलाको घर भाडामा लिएर करिब ५० भन्दा बढी चिनियाँ नागरिक बस्दै आएका थिए । उनीहरुले सो घरको भाडामात्रै प्रतिमहिना झण्डै २ लाख ५० हजार रुपैयाँ तिर्दै आएको स्रोतको भनाई छ।
यस्तै उनीहरुले एकदर्जन बढी निजी जिप तथा एउटा ४० सिट क्षमताको यात्रुबाहक पर्यटक बस समेत भाडामा लिएका थिए । ती सबै सवारी साधन भाडामा लिँदा उनीहरुले ५ लाख भन्दा बढी रकम सवारी साधनमा मात्रै खर्च गर्ने गरेको स्रोतको भनाई छ । उनीहरुलाई नजिकबाट नियाल्नेहरुका अनुसार उनीहरु ल्यापटमै बसेर काम गरिरहेका देखिन्थे । तर उनीहरु किन र के प्रयोजनका लागि त्यहाँ बसिरहेका छन् भन्ने विषयमा कुनै जानकारी सार्वजनिक राज्य र सुरक्षाकर्मीलाई छैन ।
मनमैजुको एक घर उनीहरुले भाडामा लिएर करिब १ वर्षदेखिदेखि अज्ञात धन्दा सञ्चालन गर्दै आइरहेका थिए । उनीहरु बस्ने घरमा नेपालीहरुलाई पहिलो तल्लाभन्दा माथि प्रवेशमा रोक लगाइएको थियो । स्मरणीय के छ भने केहीसमय अघि काठमाडौंमा काठमाडौंमा विभिन्न एटिएम मेसिनहरु ह्याक गरेर करोडौं रकम निकाल्ने कार्यक्रममा चिनियाँ नागरिहरुनै संलग्न रहेका थिए । उनीहरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक समेत गरेको थियो ।
हाल चितवनको पारस बसपार्क आसपासका क्षेत्रमा पनि दर्जनौं चिनियाँ नागरिकले घर भाडामा लिएर अज्ञात गतिवधि सञ्चालन गर्दै आइरहेका छन् । पक्राउ परेकाहरुको घर खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा ल्यापटप तथा मोबाइलहरु बरामद गरेको छ । ति ल्यापटप तथा मोबाइलको बैज्ञानिक परिक्षणपछि मात्रै उनीहरुले के काम गरिरहेका थिए भन्ने विषयमा तथ्य बाहिर आउने प्रहरीको भनाई छ । अहिलेसम्म प्रहरीले खानतलासी अभियानका क्रममा करिब १ सय जना चिनियाँ नागरिकलाई पक्रेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...
झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...
चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...
Top