उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै

Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार


१२ अक्टोबर, २०१९
काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाको राजकीय भ्रमणका लागि केहीबेरपछि काठमाडौं आइपुग्दै हुनुहुन्छ । उहाँ चिनियाँ सेनाको विशेष विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सि नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली, काँग्रेस सभापति शेरबहादुर देउवालगायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फाइल तस्वीर चिनियाँ राष्ट्रपति सी जिनपिङ

आजै साँझ उहाँको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा रात्रिभोज कार्यक्रम आयोजना गर्नुभएको छ । उहाँ काठमाडौं आएपछि केहीबेरको आरामपछि रात्रि भोजमा सहभागी हुनुहुने छ । चिनियाँ राष्ट्रपति सी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आइपुग्नुभएको हो । भारत भ्रमण रहेका चिनियाँ राष्ट्रपति भारतको भ्रमण पुरा गरी त्यतैबाट नेपाल आइपुग्नुभएको हो ।

भोलि बिहान चिनियाँ राष्ट्रपति नेतृत्वको चिनियाँ टोली र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीबीच भोलिबिहान भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्ता लगत्तै केही महत्वपूर्ण दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । सि को नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष ‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...

अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते

२०७६ माघ २१ गते मंगलबार

सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...

आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार

२०७७ असार ४ गते बिहिबार

१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...

बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित) बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)

२०७८ बैशाख १३ गते सोमबार

२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...

Top