हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

Best Khabar Team | २०७६ चैत्र २७ गते बिहिबार


०९ अप्रिल, २०२०
चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएलगत्तै चीनले नेपालसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका गएको माघको तेश्रो सातादेखि तत्कालका लागि बन्द गरेको थियो ।

नेपालमा अत्यावश्यकीय स्वास्थ्य साम्री आपूर्ति गर्नका लागि सो नाका सञ्चालनमा ल्याइएको हो । त्यसका लागि नाकामा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको स्वाथ्य डेक्स राखिएको छ । सो नाकाबाट अत्यावश्यकीय मेडिकल किट, सेनिटाइरज र माक्सलगायतका सामग्री आयात हुनेछन् । यो नाका सञ्चालनमा आएपछि अब स्वास्थ्य सामग्री आयात गर्नका लागि हवाई मार्गकै भर पर्नुपर्ने बाध्यता हटेको छ ।

चीनमा अहिले कारोना संक्रमितको संख्या घट्न थालेपछि जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।यसअघि गत २०७२ सालमा गएको महाभूकम्पपछि यो नाका करिब डेढ वर्ष बन्द रहेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड  जुन १ बाट हटाइँदै कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...

Top