यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

Best Khabar Team | २०७६ आश्विन २८ गते मंगलबार


१५ अक्टोबर, २०१९
काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरातमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले आज दिएको आदेशसँगै पूर्व सभामुख महरा आगामी शुक्रबारसम्म हिराहतमै रहने भएका हुन् ।

मंगलबार काठमाडौं जिल्ला अदालत परिसरमा आरोपी महरा ।

गत असोज १९ गते पक्राउ परी सिंहदबारस्थित प्रहरीको हिरासतमा रहेका महरामाथि लागेको अभियोग छानबिनका लागि भन्दै थप ३ दिन महरालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । पक्राउ परेसँगै महराले स्वास्थ्यमा समस्या देखाएपछि महरालाई केहीदिन अघि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

अदालतको आदेशसँगै आज महरालाई अस्पतालबाट सिधै अदालतमा पेश गरिएको थियो । रोशनी शाही नामकी महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि महरा पक्राउ परेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’ नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...

पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...

Top