Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१
मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकैदिन दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज स्रोतले दिएको जानकारी अनुसार कसरा र अमलटारीमा क्रमशः बच्चा (अन्दाजी ३ महिनाको) गैडा तथा अर्को अन्दाजी २८/३० वर्षको गैंडा मृत अवस्थामा भेटिएको हो । विगतमा गैंडाको खाग तथा खुर तस्करीमा संलग्न गिरोहले गैंडा मार्ने गरेको भएपनि यसपटक भने बच्चा गैंडालाई बाघले आक्रमण गरी मारेको निकुञ्जले जनाएको छ ।

मृतक अर्को गैंडा २८ देखि ३० वर्षको हुनसक्ने अनुमान गरिएको छ । कसराको जंगलभित्र मृत अवस्थामा फेला परेको बच्चा गैंडा अन्दाजी ३ महिनाको हुनसक्ने अनुमान गरिएको छ । अर्को गैंडाको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । निकुञ्ज प्रशासनले भने गैंडाको मृत्युको कारण खोजिरहेको बताइएको छ । एकैदिन मृत भेटिएका दुईवटै गैंडाको खाग तथा खुर सुरक्षित रहेको बताइएको छ ।
दुर्लभ बन्यजन्तुको रुपमा रहेको एकसिंगे गैंडाको चोरीशिकारी व्यापक हुने गरेको भएपनि यसलाई रोक्नतर्फ निकुञ्ज प्रशासनले उचित ध्यान दिन सकिरहेको छैन । फलस्वरुप गत आर्थिक वर्षमा मात्रै निकुञ्जभित्र चोरी शिकारी गर्ने उद्देश्यले करिब आधादर्जन गैंडाको शिकार भएको थियो । अन्य कारणले चितवन निकुञ्जभित्र विगत डेढ वर्षयता ३२ गैडाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...
नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...
पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)
२०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...
Top