Best Khabar Team | २०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०
काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान गर्ने अन्नपूर्ण चिनी मिल र लुम्बिनी चिनी मिलका सञ्चालकको बैंकखाता रोक्का गरिएको छ । यसअघि सरकारले दिएको १५ दिनको समयसिमाभित्र पनि उखु किसानको बक्यौता रकम नतिर्ने लुम्बिनी र अन्नपूर्ण चिनी मिलका सञ्चालकहरुको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
उखु किसान मारा यी दुई उद्योगले यसअघि सरकारले दिएको समयसिमा भित्र बक्यौता रकम नतिरेपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रबैंक समक्ष उनीहरुको बैंकखाता रोक्न पत्राचार गरेको थियो । राष्ट्रबैंकले पनि मन्त्रालयको पत्र पाएलगत्तै यी दुई उखुमिल सञ्चालकको बैंकखाता रोक्का गरेको हो । यस्तै उनीहरुको आर्थिक आयआर्जन तथा हिसाव कितावको बारेमा जानकारी लिन आन्तरिक राजस्व विभागलाई निर्देशन समेत दिइएको छ ।
पत्रमा मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक रोक्का गर्न भनेको छ । नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले किसानलाई १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । यस्तै, महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ रुपैयाँ बक्यौदा तिर्न बाँकी छ ।
आफूहरुले भुक्तानी नपाएको भन्दै उखुकिसानले राजधानी केन्द्रीत आन्दोलन गरेपछि उनीहरुले माघ ४ भित्र सबै बक्यौता तिर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर समयसिमा पुरा भै सक्दा समेत उनीहरुले प्रतिबद्धता पुरा गरेका छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि
२०७७ भाद्र १६ गते मंगलबार
०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...
इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य
२०७६ पुष २१ गते सोमबार
०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...
काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...
जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन १ गते शनिबार
१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...
Top