Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३
तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर फर्केका एकै परिवारका ५ जनासहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको देबचुलीबाट पाल्पाको रानीमहल घुम्न निस्केका एकै परिवारका ६ जनाको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा परी एकै परिवारका २ महिला, एक पुरुष र दुई बालकको ज्यान गएको छ । यस्तै सोही परिवारका एक आफन्तको पनि जीप दुर्घटनामा परी मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहर घर भएका ६५ वर्षका कृष्णबहादुर लोहनीसहित उनको परिवारका ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कृष्णबहादुरकी श्रीमती पार्वती लोहनी, बुहारी सविना धिताल लोहनी नातिहरु सोबिस धिताल र अर्का एक २ वर्षका बालकको पनि ज्यान गएको छ । यस्तै कृष्णबहादुरका आफन्त चुना धितालको पनि दुर्घटनामा ज्यान गएको छ । दु
र्घटनामा परी कृष्णबहादुरका छोरा ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । दशैको बेला सपरिवार रानीमहल घुम्न निस्केका लोहनी परिवार चढेको जीप रानीमहलबाट फर्कने क्रममा स्थानीय बैकुण्ठे छाँगाको उकालोमा अनियत्रित भै बराङ्गी खोलामा खसेको थियो । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...
ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
Top