कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाललगायत विश्व पर्यटन बजार नराम्ररी प्रभावित बनेको छ । नेपालमा पर्यटक आउने पर्यटकहरुको संख्यालाई आधार बनाउँदा पर्यटक आउने उर्भर समयको रुपमा फागुनदेखि जेठसम्मको समयावधिलाई मानिन्छ ।

तर यो वर्ष सन् २०२० को शुरुवातदेखि नै नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित पर्यटन वर्ष पनि घोषणा भएको थियो । तामझामका साथ शुरु भएको पर्यटन वर्षले शुरुवातमा राम्रै सम्भावना देखाएको भएपनि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा यो वर्ष पर्यटकहरुको आवागमन सून्यप्रायः भएको छ । जनवरी र फेब्रुअरीमा नेपालमा करिब १० हजार पर्यटक नेपाल आएको भएपनि फेब्रुअरीको दोश्रो सातादेखि कोरोनाको प्रकोप विश्वव्यापी बन्न थालेपनि नेपालमा पर्यटकहरु आउन छाडेका हुन् ।

हजारौं पर्यटकले नेपाल आउन गरेका योजनाहरु क्यान्सिल गरेका छन् । यो वर्ष नेपालमा कोरोनाका कारण पर्यटकमुखी व्यवसायहरु नराम्ररी घाटामा गएका छन् । बैंकबाट चर्को ब्याज लिएर सञ्चालन गरिएको होटल, रिसोर्ट तथा अन्य पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायले यतिबेला दैनिक लाखौंको नोक्सानी बेहोर्नुपरेको छ । जसका कारण भोलिका दिनमा यो क्षेत्रमा लागेका व्यवसायीमाथि उठ्नका लागि ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ । अहिलेसम्म बैंकले ऋण मिनाह गर्ने कुनै कार्यक्रमहरु अघि सारेको छैन भने सरकारले पनि बैंक र व्यवसायीहरुको हितमा खासै प्रभावकारी कार्ययोजना अघि सारेको छैन ।

त्यसका कारण व्यवासायीहरु अन्यौलमा छन् । युरोप, अमेरिका, चीन, भारतजस्ता देशमा कोरोनाको संक्रमणले भयाबह रुप लिएका कारण भोलिका दिनमा ती देशहरुमा कोरोना साम्य नहुञ्जेल नेपालमा पर्यटक आउने सम्भावना न्यून समेत छ । स्वदेशी पर्यटकबाट धानिएका प्राय सबै होटल तथा रेस्टुरेन्ट लकडाउनको मारमा छन् । नेपालमा भारत र चीनबाट सबैभन्दा बढी पर्यटक नेपाल आउने गरेको तथ्यांकले देखाउँछ । भारतबाट आउने धार्मिक पर्यटकहरुले नेपालको पर्यटनको ठूलो हिस्सा ओगटेको भएपनि भारतमा पनि कोरोनाको प्रकोप तीव्र बन्दै गएका कारण यो वर्ष भारतबाट नेपालमा पर्यटक आउने सम्भावना एकदमै न्यून छ । कोरोनाको कहर कहिलेसम्म लम्बिन्छ भन्ने केही स्पष्ट भै सकेको छैन ।

युरोप र अमेकिका जस्ता वर्षमा लाखौं पर्यटकको चहलपहल हुने देशहरु पनि अहिले सुनसान छन् । युरोपका इटली, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगलजस्ता पर्यटकीय देशहरुमा यतिबेला कोरोना भाइरस महामारीको रुपमा फैलिएको छ । जसका कारण ती देशको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित बनेका छन् । ती देशहरुमा पनि यतिबेला नाकाबन्दी र अन्तराष्ट्रिय उडान प्रभावित छन् ।

अवस्था सामान्य बन्न अझै केही महिना लाग्ने भन्दै युरोपका अधिकांश देशले यो वर्ष पर्यटकको आवागमन सून्य हुने अनुमान गरेका छन् । विश्व बजारमा कोरोनाको कहर र त्यसबाट बाध्यकारी बनेको लकडाउनका कारण दैनिक जनजीवन प्रभावित मात्र भएको छैन, भोलिका दिनमा यी मुलुकमा ठूलो आर्थिक संकट निम्तने खतरापनि उत्तिकै छ । युरोप र अमेरिकामा भोलिका दिनमा पर्नसक्ने संकटलाई मध्यनजर गर्दै सरकारले आम नागरिकका लागि विशेष व्यवस्था समेत गरिसकेको छ ।

तर नेपालजस्तो विकसोन्मुख देशमा बस्ने नागरिक र उनीहरुको सुरक्षालाई ध्यानमा राखेर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्लाहीका कोरोना संक्रमित  जनकपुर अस्पतालको आइसोलेसनबाट  फरार, प्रहरी खोजीमा जुट्यो सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो

२०७७ जेठ ११ गते आइतबार

२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...

मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ? मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...

भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने

२०७७ फाल्गुन २२ गते शनिबार

०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...

तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते

२०८१ पुष २३ गते मंगलबार

०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको...

Top