एसिया

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

Best Khabar Team | २०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड नजिक आज बिहान धार्मिक यात्रु बोकेको यात्रुबाहक हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार केदारनाथ धामको दर्शन गरी गुप्तकाशीका लागि जाँदै गरेका हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकप्टरमा पाइलट र बालबालिकासहित ७ जना यात्रु रहेको…

भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका लागि २ सय ३० यात्रु लिएर उडान भरेको भारतीय ध्वजाबाहक विमान आज दिउँसो भारतमा दुर्घटना हुँदा विमानमा सवार एकजना बाहेक सबैको मृत्यु भएको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विमानमा रहेका मध्ये एकजना यात्रु भने सामान्य घाइते भएका छन् । विमान…

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

Best Khabar Team | २०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र पाकिस्तानबीच जारी युद्द तत्कालका लागि अन्त्य भएको छ । भारतीय समय अनुसार आज शनिबार साँझ ५ बजेदेखि लागूहुने गरी दुई देशबीच युद्धबिरामको सहमति भएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार दुबै देशका अधिकारीहरुबीच भएको सहमतिमा एकअर्काविरुद्ध लडाईँ छेडिरहेका भारत पाकिस्तान तत्कालका लागि आक्रमण रोक्नका लागि सहमत भएका…

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

Best Khabar Team | २०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका दिन भारतको जम्मू–कश्मिरको पहलगाममा भएको आक्रमणको विरोधमा भारतले गएराति जवाफी कारबाही शुरु गरेको छ । गएराति भारतले पाकिस्तानका कश्मीर क्षेत्रमा रहेका ९ वटा आतंकवादी केन्द्रलाई लक्षित गरी गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले भने सो आक्रमणमा परी भारतविरुद्ध आतंककारी…

भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द

Best Khabar Team | २०८१ पुष २४ गते बुधबार

०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न परिस्थितिका कारण भारतमा आश्रय लिईरहेकी बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित करिब १ सय जनाको राहदानी रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनासहित अरु ९८ जनाको राहदानी (पासपोर्ट) रद्द गरिएको जनाएको छ । गत जुलाईमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई अमानवीय तबरले हत्या…

तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते

Best Khabar Team | २०८१ पुष २३ गते मंगलबार

०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको तिब्बतमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ संचारमाध्यमहरुले दिएको जानकारी अनुसार हालसम्म भूकम्पमा परी ५३ जनाले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार आज बिहान ९ बजेपछि पश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी भूकम्पमा परी ५३…

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

Best Khabar Team | २०८० चैत्र ९ गते शुक्रबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा सांगतिक कार्यक्रम भै रहँदा आक्रमणकारीहरुले अन्धाधुन्द रुपमा गोली चलाउँदा ४० जनाको ज्यान गएको छ । घटनामा परी कम्तीमा एक सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको मस्कोका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । हजारौं मानिसहरुको उपस्थिति रहेको सो कन्सर्ट स्थलमा प्रवेश…

गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी

Best Khabar Team | २०८० कार्तिक २ गते बिहिबार

१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन अन्तर्गत् भएको चुनावबाट डाक्टर बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीद्वय महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी एनआरएनको अध्यक्षमा विजयी भएका हुन् । उनले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्…

तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति सी चिनफिङ्ग तेश्रो कार्यकालका लागि पनि राष्ट्रपति बनेका छन् । यसअघि २ कार्यकालका लागि राष्ट्रपति बनेका सी यसपटक पनि राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन भएका हुन् । चिनिया संसदको रुपमा रहेको जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले ६९ वर्षका सीलाई नै सर्वसम्मत रुपमा राष्ट्रपतिको रुपमा चयन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले…

जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै

Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही साता भारत भ्रमण गर्दैछन् । सन् २०११ मा जर्मन र भारतबीच द्विवार्षिक अन्तर–सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरबाट हुन लागेको यो पहिलो भ्रमण भएको भारतीय विदेशमन्त्रालयले जनाएको छ । जर्मन चान्सलर स्कोल्ज यही फेब्रुअरी २५ मा भारतको राजधानी नयाँदिल्ली अवतरण गर्नेछन् । उनका साथमा जर्मनका…

टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

Best Khabar Team | २०७९ फाल्गुन १ गते सोमबार

१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा बढीको ज्यान गै सकेको गएको पुष्टि भएको छ । टर्की र सिरियाको विपत् व्यवस्थापन आयोगलाई हलावा दिँदै राष्ट्रसंघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म टर्कीमा भूकम्पबाट सोमबार साँझसम्म साढे ३१ हजार भन्दा बढीको ज्यान गै सकेको छ । यता सिरियामा पनि…

चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

Best Khabar Team | २०७८ श्रावण ६ गते बुधबार

२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका विभिन्न राज्यमा भै रहेको भीषण बर्षापछि आएको बाढीमा परी हालसम्म १२ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार चीनका वर्षात् भएका अधिकांश शहरमा सडकहरु डुब्नुका साथै कतिपय स्थानमा हवाईसेवा समेत ठप्प भएको छ । विशेष गरी बाढीका कारण हेनान प्रान्तको राजधानीसहितका अधिकांश क्षेत्र…

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनहुँ डरलाग्दो गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा जारी एकसाता लामो लकडाउन फेरि थपिएको छ । दिल्ली सरकारले कोरोना नियन्त्रणका लागि भन्दै राजधानी नयाँ दिल्लीमा आगामी मे ३ तारिक सम्मको लागि लकडाउन बढाउने घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले अहिले जारी रहेको लकडाउनका बीच…

सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी सैन्य दमनमा नेपाली मुलुका म्यानमारीहरु समेत पर्न थालेका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार म्यानमारको तामु शहरमा सेनाले सडकमा मोटरसाइकलमा सवार नेपाली दम्पत्तीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । सेनाले चलाएको गोली लागेर म्यानमार गोर्खा समुदायसम्बद्ध किसान गौतम र उनकी ३० वर्षकी श्रीमती हरिमाया गौतमको…

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म कोरोना संक्रमण नियन्त्रणमा देखिएको भारतमा फेब्रुअरीको तेश्रोसातादेखि पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो । पछिल्लो तथ्यांकलाई आधार बनाउँदा अहिले अमेरिका र ब्राजिल पछि भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुकको रुपमा दर्ज…

Top