तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार

Best Khabar Team | २०८२ पुष ११ गते शुक्रबार


२६, डिसेम्बर, २०२५
लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने तमु ल्होछार पर्व युरोपेली मुलुक लक्जम्बर्गमा पनि भव्यरुपमा सम्पन्न भएको छ । तमु समाज लक्जम्बर्गको आयोजनामा बिहीबार लक्जम्बर्गमा गरिएको ‘तमु ल्होछार–२६१०’ विशेष कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै तमु समाज लक्जम्बर्गका अध्यक्ष सन्तोष गुरुङ्गले विदेशी भूमिमा आफ्ना परम्परा र संस्कृति जोगाउन यस्ता कार्यक्रम गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले लम्जम्बर्गमा रहेका गुरुङ्ग र गैह्र–गुरुङ्ग समुदायका मानिसहरुबीच आपसी सद्भाव कायम राख्ने गुरुङ्गले बताउनुभयो । सात समुद्र पारिको विदेशी माटोमा फूल्दै गरेका फूलरुपी नेपाली सन्तानहरुलाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जानकारी गराउन र संस्कृति आदानप्रदान गर्न यस्ता पर्व र चाडहरु कोशेढुंगा सावित हुने अध्यक्ष गुरुङ्गको भनाई थियो ।

यस्तै तमु समाज लक्जम्बर्गका सहसचिव चित्र गुरुङ्गले आगामी वर्षहरुमा लक्जम्बर्गमा रहेका सिँगो नेपाली समुदायलाई सहभागि गराउने र उनीहरुभित्र रहेका प्रतिभालाई प्रस्फूटन गराउने एउटा साझा चौतारीको रुपमा तमु ल्होछार पर्व मनाउने सोचमा आफूहरु रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै लक्जम्बर्गमा रहेका समाजका अगुवा, तथा विभिन्न नेपाली समुदायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना सन्ततिहरुलाई समेत संस्कृति र परम्पराको बारेमा जानकारी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।

लक्जम्बर्गको सेनेगनस्थित कोशेली रेस्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा लक्जम्बर्गमा रहेर विभिन्न क्षेत्र र समुदायका क्रियासिल नेपाली अग्रज तथा अगुवाहरुलाई तमु समाज लक्जम्बर्गले सम्मान समेत गरेको थियो । लक्जम्बर्गमा रहेका तीनै पुस्ताका नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा गुरुङ्ग संस्कृति झल्कने पहिरनका साथै सांगीतिक प्रस्तुती समेत देखाइएको थियो । त्यस अवसरमा गुरुङ्ग र अन्य समुदायका स्थानीय प्रतिभाहरुले प्रर्दशन गरेको विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रम थप रोचक बनेको थियो । तमु समाज लक्जम्बर्गले गतवर्षदेखि तमु ल्होछारको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ ।

‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने तमु समाज लम्जम्बर्गको यसवर्षको तमु ल्होसार २६१० को मूल मन्त्रले लक्जम्बर्गबासी सबै नेपाली समुदायको विशेष ध्यान खिचेको थियो । नेपाली पात्रो अनुसार हरेक वर्षको पुस १५ गतेका दिन मनाइने तमु ल्होछारको सन्दर्भमा तमु समाज लक्जम्बर्गले बिहीबार यहाँ विशेष कार्यक्रम आयोजना गरेको हो । गुरुङ्ग समुदायमा विशेष गरी १२ जीवजन्तुको प्रतीक (पात्रो) अनुसार एक वर्ष सकिएर नयाँ वर्ष सुरु भएको खुसियालीमा यो पर्व मनाउने चलन रहेको छ । यही सिलसिलामा यो वर्ष (सप्री ल्हो) सर्प वर्षको विदाई र (त ल्हो) घोडा वर्षको स्वागत गरिएको छ ।

तमु ल्होछारका अवसरमा गुरुङ्ग समुदायले टाढा–टाढा रहेका परिवारका सदस्यहरु, आफन्त र नातागोता एकआपसमा भेला हुने, पूजापाठ तथा सांस्कृतिक कार्यक्रम गर्ने, एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै मिठो खाने र नाचगान गरी यो पर्व मनाउने गर्दछन् । पुस १५ गते सबैभन्दा लामो रात हुने विश्वासका साथ यो रात सकिएर दिन लामो हुन थालेपछि नयाँ वर्षको स्वागत गर्ने र यही सन्दर्भमा प्रकृति पूजासँग यो पर्वको सम्बन्ध जोडिएको इतिहाँसविद्हरुको भनाई छ । जसले गुरुङ सभ्यता र संस्कृतिको विशेष पहिचान समेत झल्काउने गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...

कतार एयरले  विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...

Top