भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार


१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका लागि २ सय ३० यात्रु लिएर उडान भरेको भारतीय ध्वजाबाहक विमान आज दिउँसो भारतमा दुर्घटना हुँदा विमानमा सवार एकजना बाहेक सबैको मृत्यु भएको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विमानमा रहेका मध्ये एकजना यात्रु भने सामान्य घाइते भएका छन् । विमान भुँईमा बज्रिएलगत्तै आफू उछिट्टिएको बताउने ती बेलायती नागरिकको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । अहमदाबादबाट बेलायतको लण्डननका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो करिब साढे १ बजेतिर स्थानीय सरदार बल्लभभाई पटेल विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

विमानस्थलबाट उडेलगत्तै केहीबेरमै विमान नजिकै रहेको आवासीय स्थलमा खसेको थियो । विमान भूईँमा बज्रने वित्तिकै आगो लागेको थियो । विमानमा २ जना पाइलटसहित चालक दलका १२ जना सदस्य र बाँकी २ सय ३० जना यात्रु रहेको बताइएको छ । दुर्घटनामा परी एकजना यात्रुबाहेक सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि यसको औपचारिक पुष्टि भने सरकारी तबरबाट यो समाचार तयार पार्दासम्म हुन सकेको छैन । एयर इन्डियाको बोइङ ७८७ ड्रिम लाइनर विमानमा सवार यात्रुमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसमेतको सो दुर्घटनामा परी ज्यान गएको छ । विमानले उडान भरेको २ मिनेट नपुग्दै स्थानीय चिकित्सकहरुको आवासीय क्षेत्रमाथिको घरमा बज्रेको थियो । मृतकमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती तथा ७ जना पोर्चुगिस नागरिक रहेका छन् ।

यस्तै एकजना क्यानाडाका नागरिकको पनि सो दुर्घटनामा परी ज्यान गएको छ । तर सो दुर्घटनामा परेका ४० वर्षीय भारतीय मुलका बेलायती नागरिक विश्वासकुमार रमेशले भने आफू सो विमान दुर्घटनामा परेलगत्तै उछिट्टिएर बाँचेको बताएका छन् । भारतको चर्चित पत्रिका द हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा विमान दुर्घटनामा परेपछि घरमा बज्रिएसँगै आफू भने उछिट्टिएर बाँचेको बताएका छन् । उनको स्थानीय अस्पतालमा सामान्य वार्डमा उपचार भै रहेको छ । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ । घटनाप्रति नेपाललगायत विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थलाभको कामना तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

२०७६ चैत्र २१ गते शुक्रबार

०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...

Top