भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार


१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका लागि २ सय ३० यात्रु लिएर उडान भरेको भारतीय ध्वजाबाहक विमान आज दिउँसो भारतमा दुर्घटना हुँदा विमानमा सवार एकजना बाहेक सबैको मृत्यु भएको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विमानमा रहेका मध्ये एकजना यात्रु भने सामान्य घाइते भएका छन् । विमान भुँईमा बज्रिएलगत्तै आफू उछिट्टिएको बताउने ती बेलायती नागरिकको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । अहमदाबादबाट बेलायतको लण्डननका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो करिब साढे १ बजेतिर स्थानीय सरदार बल्लभभाई पटेल विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

विमानस्थलबाट उडेलगत्तै केहीबेरमै विमान नजिकै रहेको आवासीय स्थलमा खसेको थियो । विमान भूईँमा बज्रने वित्तिकै आगो लागेको थियो । विमानमा २ जना पाइलटसहित चालक दलका १२ जना सदस्य र बाँकी २ सय ३० जना यात्रु रहेको बताइएको छ । दुर्घटनामा परी एकजना यात्रुबाहेक सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि यसको औपचारिक पुष्टि भने सरकारी तबरबाट यो समाचार तयार पार्दासम्म हुन सकेको छैन । एयर इन्डियाको बोइङ ७८७ ड्रिम लाइनर विमानमा सवार यात्रुमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसमेतको सो दुर्घटनामा परी ज्यान गएको छ । विमानले उडान भरेको २ मिनेट नपुग्दै स्थानीय चिकित्सकहरुको आवासीय क्षेत्रमाथिको घरमा बज्रेको थियो । मृतकमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती तथा ७ जना पोर्चुगिस नागरिक रहेका छन् ।

यस्तै एकजना क्यानाडाका नागरिकको पनि सो दुर्घटनामा परी ज्यान गएको छ । तर सो दुर्घटनामा परेका ४० वर्षीय भारतीय मुलका बेलायती नागरिक विश्वासकुमार रमेशले भने आफू सो विमान दुर्घटनामा परेलगत्तै उछिट्टिएर बाँचेको बताएका छन् । भारतको चर्चित पत्रिका द हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा विमान दुर्घटनामा परेपछि घरमा बज्रिएसँगै आफू भने उछिट्टिएर बाँचेको बताएका छन् । उनको स्थानीय अस्पतालमा सामान्य वार्डमा उपचार भै रहेको छ । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ । घटनाप्रति नेपाललगायत विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थलाभको कामना तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

२०७७ फाल्गुन २३ गते आइतबार

०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...

निलकण्ठ शोकमा, आज सार्वजनिक विदा निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७ काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...

Top