Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०
न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने दौडमा लागेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण ठिक नहुँदै अस्पतालबाट निवास फर्केका छन् । ३ दिनको अस्पताल बसाईपछि राष्ट्रपति ट्रम्प सोमबार अपरान्ह घर फर्केका हुन् । केहीदिन अघि ट्रम्पमा कोरोना (कोभिड १९) को संक्रमण भएपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा बसाईका क्रममा गरिएको कोरोना टेस्टमा उनमा अझै कोरोना संक्रमण देखिएको छ ।

पूर्णरुपमा कोरोना मुक्त नभएपनि उनी चिकित्सकसँग अनुमति लिएर ‘ह्वाईट हाउस’ मै आइसोलेसनमा बस्ने गरी अस्पतालबाट फर्किएका हुन् । अमेरिकाको मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटलबाट हेलिकोप्टरमा ट्रप्पलाई सिधै राष्ट्रपति भवन ह्वाईट हाउसमा ल्याइएको थियो । उनले आफूलाई ३ दिनको अस्पतालपछि सहज भएको र बाँकी समय ‘होम आइसोलेसन’ मै बसेर विताउने इच्छा देखाएपछि चिकित्सकको परामर्श अनुसार उनलाई अस्पतालले डिस्चार्ज दिएको थियो ।
ह्वाईट हाउसमा रहँदा उनलाई विशेषज्ञ चिकित्सकले २४ सै घण्टा चिकित्सकीय सेवा प्रदान गर्ने र उनीहरुकै निगरानीमा रहनेछन् । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुन लागेको आसन्न चुनावमा भावी राष्ट्रपतिको उम्मेद्वारको रुपमा समेत आफूलाई उभ्याएका ट्रम्पले ह्वाईट हाउसमा होम आइसोलेसनमा रहँदा चुनावी प्रचारप्रसारलाई तीब्रता दिने बताइएको छ । उनले घरमै बसेपनि इन्टरनेट तथा अन्य सञ्चारका माध्यमबाट आफ्नो चुनावी प्रचार कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)
२०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...
खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु
२०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...
Top