३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार


०६ अक्टोबर, २०२०
न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने दौडमा लागेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण ठिक नहुँदै अस्पतालबाट निवास फर्केका छन् । ३ दिनको अस्पताल बसाईपछि राष्ट्रपति ट्रम्प सोमबार अपरान्ह घर फर्केका हुन् । केहीदिन अघि ट्रम्पमा कोरोना (कोभिड १९) को संक्रमण भएपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा बसाईका क्रममा गरिएको कोरोना टेस्टमा उनमा अझै कोरोना संक्रमण देखिएको छ ।

पूर्णरुपमा कोरोना मुक्त नभएपनि उनी चिकित्सकसँग अनुमति लिएर ‘ह्वाईट हाउस’ मै आइसोलेसनमा बस्ने गरी अस्पतालबाट फर्किएका हुन् । अमेरिकाको मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटलबाट हेलिकोप्टरमा ट्रप्पलाई सिधै राष्ट्रपति भवन ह्वाईट हाउसमा ल्याइएको थियो । उनले आफूलाई ३ दिनको अस्पतालपछि सहज भएको र बाँकी समय ‘होम आइसोलेसन’ मै बसेर विताउने इच्छा देखाएपछि चिकित्सकको परामर्श अनुसार उनलाई अस्पतालले डिस्चार्ज दिएको थियो ।

ह्वाईट हाउसमा रहँदा उनलाई विशेषज्ञ चिकित्सकले २४ सै घण्टा चिकित्सकीय सेवा प्रदान गर्ने र उनीहरुकै निगरानीमा रहनेछन् । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुन लागेको आसन्न चुनावमा भावी राष्ट्रपतिको उम्मेद्वारको रुपमा समेत आफूलाई उभ्याएका ट्रम्पले ह्वाईट हाउसमा होम आइसोलेसनमा रहँदा चुनावी प्रचारप्रसारलाई तीब्रता दिने बताइएको छ । उनले घरमै बसेपनि इन्टरनेट तथा अन्य सञ्चारका माध्यमबाट आफ्नो चुनावी प्रचार कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो

२०७७ श्रावण ४ गते आइतबार

१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...

Top